म्याग्दीका विद्यार्थीले भर्नासँगै पुस्तक पाए

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योती आधारभूत विद्यालयका कक्षा ६ का विद्यार्थीले गत शैक्षिक सत्रमा पुरा पुस्तक विनै परिक्षामा सहभागी भएका थिए ।

यसपाली भने नयाँ शैक्षिक सत्रको शुरुवातमै पर्याप्त पुस्तक विद्यालयमा पुगिसकेको प्रअ मिनबहादुर खत्रीले बताउनुभयो । “गत शैक्षिक सत्रमा कक्षा ६ का विद्यार्थीले अंग्रेजी विषयको पुस्तक विनै परिक्षा दिनुपरेको थियो,” उहाँले भन्नुभयो “नयाँ शैक्षिक सत्रमा भने भर्ना अभियानसँगै विद्यार्थीको हात हातमा पुस्तक वितरण गर्ने तयारीमा छौ ।”

ज्योती आधारभूत मात्र नभएर म्याग्दीका २५० मध्ये आइतबारसम्म ७० प्रतिशत सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रको पुस्तक पुगिसकेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले जनाएको छ ।

Shreekrishna

महासंघका जिल्ला अध्यक्ष नवराज पौडेलले शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहको शिक्षा शाखासँग समन्वय गरेर बेनीमा बिक्री केन्द्र स्थापना गरेर पुस्तक बिक्री वितरणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“टाढाका विद्यालयलाई प्राथमिकता दिएर गत चैत २८ गतेदेखि पुस्तक वितरण शुरु गरेका थियौ,” उहाँले भन्नुभयो “धवलागिरी, मालिका, रघुगंगा, अन्नपूर्ण र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको ७० प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ ।”

जनक शिक्षा सामग्री लिमिटेडको पोखरा स्थित बिक्री केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक विद्यालयलाई पालिका अनुसार समय तालिका बनाएर बेनीबाट वितरण गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कका आधारमा प्रतिकक्षा एक हजार चार सय देखि एक हजार नौ सय सेटको हाराहारीमा पुस्तक आयात गरिएको थियो । म्याग्दीमा वार्षिक रु. एक करोड मूल्य बराबरको पुस्तक खपत हुन्छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले आइतबारदेखि विद्यालय भर्नासँगै विद्यार्थीलाई हात हातमा पुस्तक वितरण गर्न थालिएको बताउनुभयो । बेनी नगरपालिका–१० को विद्योदय आधारभूतका प्रअ गोविन्द पौडेलले समयमै विद्यार्थीको हातमा पुस्तक उपलब्ध भएपछि सिकाई उपलब्धी बृद्धीमा सहयोग पुग्ने बताउनुभयो ।

“विद्यार्थीसँग पुस्तक भयो भने स्वअध्ययन गर्न पाउँछन,” उहाँले भन्नुभयो “शिक्षकले पढाएको सहजै बुझ्न र सम्झन सजिलो हुन्छ ।” यसपाली निजी छापाखानामा पनि पुस्तक छपाई भएकाले पठनपाठन शुरु हुनु अघिनै विद्यार्थीको हातमा पुस्तक पु¥याउन सफल भएको बेनीको प्रकाश माविका शिक्षक शिव पौडेलले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...