म्याग्दीका विद्यार्थीको हातमा समयमै पुस्तक उपलब्ध गराउने पुस्तक व्यवयायीको तयारी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । आगामी शैक्षिक सत्र २०८० का लागि म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ ।

वैशाख १ गतेदेखि शुरु हुने शैक्षिक शत्रका लागि जनक शिक्षा सामग्री लिमिटेडको पोखरा स्थित वक्रिी केन्द्रबाट म्याग्दीका व्यवसायीले आयात गरेको पुस्तक विद्यालयलाई वितरणको तयारी गरिएको छ । पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नवराज पौडेलले दुर्गमका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक वितरण गर्ने तयारी गरेको बताउनुभयो ।

“कक्षा १ देखि ५ सम्मको सबै सेट माग अनुसारको पुस्तक आएको छ,” उहाँले भन्नुभयो “६–१० को पनि ७७ प्रतिशत पुस्तक आएको छ । बाँकी पुस्तक एक, दुई दिनमै ल्याएर विद्यालयलाई उपलब्ध गराउन बेनीमा सबै व्यवसायीहरुले संयुक्त रुपमा बिक्री केन्द्र सञ्चालन गरेका छौ ।”

Shreekrishna

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरा स्थित क्षेत्रीय कार्यालयसंग समन्वय गरेर कक्षा १ देखि १० सम्मको पुस्तक आयात गरेको हो । प्रतिकक्षा एक हजार चार सय देखि एक हजार नौ सय सेटको हाराहारीमा पुस्तक आवश्यक पर्ने महासंघले जनाएको छ । महासंघले पुस्तक वितरणलाई व्यवस्थित बनाउन बेनीको गणेश टोलमा बिक्री केन्द्र स्थापना गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कक्षा १ लाई एक हजार ४००, २ लाई एक हजार ३७७, ३ लाई एक हजार ३९४, ४ लाख एक हजार ४७१, ५ लाई एक हजार ६०६ सेट पुस्तक ल्याइसकेका छन् । कक्षा ६ लाई एक हजार ५४७, ७ लाई एक हजार ७०४, ८ लाई एक हजार ८८९, ९ लाई एक हजार ८४३ र १० का लागि एक हजार ८३९ सेट पुस्तक आवश्यक पर्छ ।

पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि शैक्षिक सत्र सुरु हुनु अघिनै ढुवानी र वितरण गरिने पुस्तक ब्यवसायी महासंघका गण्डकी प्रदेश अध्यक्ष लिलाराम गौतमले बताउनुभयो । यसपाली निजी छापाखानामा पनि पुस्तक छपाई भएकाले पठनपाठन शुरु हुनु अघिनै विद्यार्थीको हातमा पुस्तक पु¥याउन सम्भव रहेको गौतमले बताउनुभयो ।

म्याग्दीमा वार्षिक रु. एक करोड मूल्य बराबरको पुस्तक खपत हुन्छ । व्यवसायीले विद्यालयलाई पायक पर्ने पालिकाको केन्द्र सम्म पुस्तक ढुवानी गर्ने अध्यक्ष गौतमले बताउनुभयो । म्याग्दीमा २८ जना पुस्तक व्यवसायी छन् । १३ जना जनक शिक्षा सामग्री केन्द्रमा सूचिकृत हुन् ।

पुस्तक वितरणलाई व्यवस्थित बनाउने विषयमा आइतबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा अधिकृत र शिक्षक संगठनका प्रतिनिधिहरुसँग छलफल गरेको छ । छलफलका क्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले तोकिएको मूल्यमा समयमै पुस्तक उपलब्ध गराउन आग्रह गर्नुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...