म्याग्दीमा प्रावि तहमा १०० शिक्षकलाई नियुक्तीपत्र प्रदान

Gandaki Kotihome

बेनी, । म्याग्दीमा प्राथमिक तहमा १०० जना शिक्षक स्थायी नियुक्त भएका छन् । शिक्षक सेवा आयोगबाट सञ्चालित तीन चरणको परिक्षा उर्तिण गरेर प्राथमिक तहको शिक्षक पदमा सिफारिस भएका उम्मेदवारहरुलाई शनिवार नियुक्ति पत्र प्रदान संगै सपथ ग्रहण गराइएको छ ।

शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले नवनियुक्त स्थायी शिक्षकहरुलाई एक समारोहका बिच नियुक्ति पत्र प्रदान गरेको हो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, इकाइका प्रमुख दलबहादुर थापा लगायत शिक्षक संघ–संगठनका प्रमुख तथा प्रतिनिधिहरुले प्रावि तहमा स्थायी सेवा प्रवेश गर्नुभएका शिक्षकहरुलाई अविर र खादा लगाएर बधाई सहित नियुक्ति पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा स्थायी सेवामा प्रवेश गर्नुभएका शिक्षकहरुलाई पद तथा गोपनीयताको सपथ जिसस प्रमुख थापाले गराउनुभएको थियो । शिक्षक सेवा आयोगबाट सिफारिस भएर आएकाहरुले छनौट गरेको स्थानीय तहमा उनीहरुलाई नियुक्तिको लागि पठाईएको समन्वय इकाइले जनाएको छ ।

Annapurna aarohan ko notice

यस बर्ष शिक्षक सेवा आयोगले लिएको तीन चरणकै परिक्षामा उर्तिण भएर म्याग्दीमा प्राथमिक तहमा १००, निमाविमा ३२ र मावि तहमा १३ जना शिक्षक स्थायी हुन सफल भएका छन् । म्याग्दीमा प्रावि तहमा १२६, निमाविमा ५९ र माविमा २६ जनाको कोटा निर्धारण गरिएको थियो ।

Upper Myagdi transmition line notice

तीन वटै तहमा माग भएको कोटाभन्दा कम संख्यामा सिफारिस भएको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख थापाले बताउनुभयो । समथ ग्रहण कार्यक्रममा जिसस प्रमुख थापाले सामुदायिक शिक्षामा सरकारको लगानी अनुसारको प्रतिफल ल्याउनका लागि शिक्षकहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...