एसईईको तयारीमा आमाहरु

Gandaki Ghumau

बेनी, । शुक्रबारदेखि सुरु हुने यस वर्षको माध्यमिक विद्यालय स्तरीय परिक्षा (एसइई) मा उज्यालो बैकल्पीक विद्यालयबाट ९ जना आमाहरु सहभागि हुदैछन् ।

विद्यालय संचालक समितिले एसइईमा सहभागि हुने ९ जना आमाहरुलाई परिक्षाको सफलता शुभकामना दिदै बुधबार विदाई गरेको छ । ५० बर्षीया डिलकुमारी पुर्जा, ३७ बर्षीया इन्द्रामती फगामी, ३५ बर्षीया संगिता छिनाल, ५७ बर्षीया राधादेवी पुन, ५४ बर्षकी तुलकमारी मल्ल केसी, ३९ बर्षीइा धनकुमारी विक, ४० बर्षीया रामदेवी पुन, ४९ बर्षकी विष्णुकुमारी गुरुङ र २८ बर्षकी पुजा छन्त्याल सहभागि हुने संचालक समितिका अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

बेनी सामुदायिक विद्यालय अन्तरगत २०७३ सालमा स्थापना भएको उज्यालो बैकल्पीक विद्यालय मंगलघाटस्थित सामाजिक विकास कार्यालय रहेको भवनको भुइँतलाबाट पठनपाठन संचालन गरिदै आएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

आमाहरुको पढ्ने धोको पुरा गर्नका लागि संचालन गरिएको यस विद्यालयलाई प्रदेश सरकार, बेनी नगरपालिकाको अनुदान र स्वदेश तथा विदेशमा रहेका दाताहरुमा प्राप्त चन्द्राबाट विद्यालय संचालन गरिएको अध्यक्ष शाक्यले बताउनुभयो ।

विद्यालयबाट अघिल्लो बर्ष ७ जना आमाहरुले एसइई पास गर्नुभएको थियो । यस विद्यालयमा २० बर्ष भन्दामाथिका ३९ जना आमाहरु अध्ययनरत छन् ।

यसबर्ष म्याग्दीबाट एसइई परिक्षामा दुई हजार एक जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका इकाई प्रमुख दलबहादुर थापाले बताउनुभयो । नियमितर्फ एक हजार ९०७, ग्रेड वृद्धितर्फ १७ जना र प्राविधिक धार तर्फ ७७ जना सहभागि हुने छन् । ९ वटा केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गरि प्रश्नपत्र, उत्तरपुस्तिका लगायतका सामग्री सहित परिक्षा केन्द्रमा पठाइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...