ताकम अस्पताल भवनका ठेकेदार काममा फर्किए

Gandaki Kotihome

ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा एक वर्षपछि अस्पतालको भवन निर्माण योजना सूचारु भएको छ ।

२०७८ फागुन महिनादेखि रोकिएको अस्पताल भवन निर्माणको कामलाई निर्माण व्यवसायीले एक वर्षपछि निरन्तरता दिएका हुन् । धवलागिरी गाउँपालिका–७ ताकमका वडा अध्यक्ष अशोक खत्रीले एक वर्षपछि अस्पताल भवन निर्माण सूचारु भएको जानकारी दिनुभयो ।

“लामो प्रयासपछि निर्माण व्यवसायीलाई काममा फर्काएर अस्पताल भवन निर्माण सूचारु भएको छ,” उहाँले भन्नुभयो “भवन निर्माणलाई निरन्तरता दिन निगरानी, समन्वय र सहजिकरण गरेका छौ ।”

Upper Myagdi transmition line notice

भवन निर्माणका लागि वि.स. २०७८ वैशाखमा बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले रु. चार करोड ७९ लाख ४० हजार ३३४ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७९ असार १५ गतेभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । हालसम्म एक चौथाई २५ प्र्रतिशत भवन निर्माण सकिएको गाउँपालिकाका प्राविधिक शाखा प्रमुख लोकेन्द्र रावलले बताउनुभयो ।

Annapurna aarohan ko notice

पाँच शैया क्षमताको अस्पतालका लागि दुई तले १६ कोठे दुई तले भवन निर्माण गर्न लागिएको हो । गाउँपालिकाले भवन निर्माणलाई निरन्तरता दिन कम्पनीलाई ताकेता र कालो सूचिमा राखेर कारबाहीको प्रक्रीया अघि बढाएपछि काममा फर्किएका हुन् ।

भौगोलिक विकटता र निर्माण सामग्री ढुवानीमा समस्याका साथै व्यवसायीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा भवन निर्माणको काम वर्षसम्म रोकिएको थियो । “निरन्तर ताकेता र समन्वय गरेपछि भवन निर्माणको काम अघि बढेको छ,” गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो “काम गर्ने वातावरण बनाएका छौ । जति सक्दो छिटो भवन सम्पन्न गराउन पहल गरेका छौ ।”

आकस्मिक, अन्तरंग, बहिरंग, प्रयोगशाला, प्रशासनिक, औषधी भण्डारण, उपचारका लागि छुट्टा–छुट्टै कक्ष सहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । समयमै भवन नबन्दा अस्पताल सञ्चालनको तयारी प्रभावित बनेको छ ।

ठेकेदार कम्पनीले जग्गा व्यवस्थापन सकेर पिल्लर ठड्याइ भुइँ ढलान डिपिसीको काम गरेको छ । पर्खाल निर्माण र भुई तला ढलानको तयारी गरेका छन् । वि.स. २०७७ पुष २२ गते प्रतिनिधि सभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभएको थियो । भवनको २०८० जेठ सम्म म्याद थपिएको छ ।

निर्माण कम्पनीले गाउँपालिकाबाट १९ प्रतिशत रु. ९२ लाख ५० हजार रकम भुक्तानी लगेको छ । संघीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजना अनुसार ताकममा भवन निर्माण हुन लागेको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...