धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेकपा एमाले म्याग्दीले सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान धवलागिरि गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको छ ।

धवलागिरिको गूर्जा, लुलाङ, मुना, मुदी, मराङ, मल्कबाङ र ताकममा मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ अन्तर्गत वडा कमिटीको वैठक तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभियानको क्रममा पार्टीको सदस्यता नवीकरण, विस्तार, टोल तथा वस्तीस्तरमा पार्टीको अभियानसम्बन्धी योजना निर्माणका साथै स्थानीयको अपेक्षा र गुनासो सङ्कलन गरिएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
वडास्तरमा सञ्चालित अभियानलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य चन्द्रमोहन गौचनले स्थानीयस्तरबाटै पार्टी सङ्गठनलाई बलियो बनाउनका लागि मिसन ग्रासरुट सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अभियानमार्फत पार्टी कामको साथसाथै स्थानीय जनताको चाहना र अपेक्षा समेत सङ्कलन गर्ने तथा विकास निर्माणको अवस्थाबारे जानकारी हासिल गरिएको बताउँदै मिसन ग्रासरुट अभियानबाट आउँदो निर्वाचनमा नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार बनाउने दावी गर्नुभयो । 

अभियानलाई सम्बोधन गर्दै एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देश अहिले पनि एमालेले ल्याएको नीति र कार्यक्रमलाई अनुसरण गर्दै अगाडि बढेकाले देशको नेतृत्व पनि एमालेले नै गर्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न कारणले म्याग्दी जिल्लामा गएको निर्वाचनमा प्रत्यक्षतर्फ एमाले पराजित भए पनि जनमतको हिसाबले अझै पहिलो पार्टी बनेकाले आउँदो निर्वाचनमा एमालेको विजयी सुनिश्चित रहेको बताउनुभयो । 

एमाले गण्डकी प्रदेशका अर्का सचिवालय सदस्य खुमबहादुर बानियाँले वर्तमान सत्ता गठबन्धन देश निर्माण गर्नभन्दा पनि बाँडीचुँडी खानका लागि बनेको भन्दै गठबन्धन धेरै समय नटिक्ने बताउनुभयो ।

पालिकाको वडास्तरमा भएको ग्रासरुट अभियानको क्रममा गत निर्वाचनमा एमाले म्याग्दीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका सचिवालय सदस्य श्रेष्ठ र प्रदेश सभा (ख)का उम्मेदवार तथा प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजाले धवलागिरि गाउँपालिकावासी आम मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उम्मेदवारद्वयले धवलागिरिका मतदाता एवं सर्वसाधारणलाई भेटेर गत निर्वाचनमा आफूहरुलाई अमूल्य मत प्रदान गरेकोमा धन्यवाद दिँदै गणितका हिसाबले निर्वाचन जित्न नसके पनि आफूहरुले मतदाताको मन जितेको बताउनुभयो । मतदाताले आफूहरुलाई दिएको अपार माया र मतलाई कत्ति पनि विचलित हुन नदिने बताउँदै धवलागिरि क्षेत्रको विकास निर्माणमा हातेमालो गरेर अगाडि बढ्ने उम्मेदवारद्वयको भनाइ थियो ।

कार्यक्रममा एमाले धवलागिरि गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष रेशम छन्त्यालसहित स्थानीय नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । ‘मिसन ग्रासरुट’ अभियान म्याग्दीमा वडास्तरमा सञ्चालन भैरहेको छ । ग्रासरुट अभियानमार्फत एमालेलाई आउँदो निर्वाचनमा पहिलो पार्टी बनाउने सङ्कल्पसहित एमालेले सञ्चालन गरेको अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको हो ।

अभियानमार्फत पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको बीचमा पार्टी, कार्यकता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउन तथा ग्रामीण विकास निर्माणबारे नजिकबाट बुझ्ने अभियानको उद्देश्य रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...