धवलागिरी गाउँपालिकामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकामा भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

धवलागिरी गाउँपालिका–६ मराङको नामरुकमा भिरबाट लडेर र वडा नम्बर ७ को धारापानीमा ढुङ्गाले लागेर एक÷एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक मदन कुँवरले दुवै जनाको शव आइतबार राती परिक्षणका लागि बेनी अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । मराङको राम्चे देखि बुल जाने क्रममा नामरुकको भिरको सडकको डिलबाट खसेर आइतबार दिउँसो जेवाङ टोलका अन्दाजी ५२÷५४ वर्षका सङबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धारापानी सामुदायिक वनको पात्लापाखा भिरमा घाँस काट्न गएका धारापानीका ६८ वर्षीय लालु थापालाई सडक निर्माणका क्रममा डोजरले फालेको ढुङ्गाले लागेर शनिबार मृत्यु भएको थियो ।

साँझ घर नआएपछि खोज्न गएका स्थानीयबासीले शनिबार राती थापालाई भिरमा मृत फेला पारेर प्रहरीलाई खबर गरेका थिए । दरवाङ–धारापानी सडक आयोजनाको निर्माण कम्पनीको डोजरले सडक विस्तारका क्रममा फालेको ढुङ्गाले घाँस काट्न गएका थापालाई चोट लागेको मृतकका आफन्तले बताएका छन् ।

मृतकका आफन्तले दिएको जाहेरीको आधारमा अनुसन्धान अघि बढाएको र दुई वटै शवलाई परिक्षणका लागि बेनी अस्पतालमा राखिएको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...