मंगलाको स्ववीयु चुनाव प्रक्रीयाप्रति असहमति जनाउदै क्रान्तिकारीद्धारा बहिष्कार

Gandaki Kotihome

बेनी, । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयू क्रान्तिकारीले म्याग्दीको मंगला शिक्षा क्याम्पसमा स्ववीयु चुनावको प्रक्रीयाप्रति असहमति जनाउँदै बहिष्कार गर्ने घोषणा गरेको छ ।

अखिल क्रान्तिकारीका क्याम्पस संयोजक चक्र पुनले शनिबार एक विज्ञप्ति जारी गरेर संगठनले उठान गरेका विषयहरुको यथोचित सुनुवाई नभएसम्म क्याम्पस प्रशासन र व्यवस्थापनले गराउने निर्वाचनमा भाग नलिने र क्याम्पसको भ्रष्ट्राचार, बेथिति र विसंगतिप्रति सचेत रहदै त्यसका विरुद्ध निरन्तर संघर्ष गर्ने जनाउनुभएको छ ।

Annapurna aarohan ko notice

मंगला शिक्षा क्याम्पसको स्ववीयु चुनावको प्रक्रिया पुरा नगरी अघि बढाइएकाले त्यसलाई सर्वपक्षीय सहमति कायम गरी अघि बढाउनुपर्ने माग गर्दै फागुन २९ गते नेविसंघ र क्रान्तिकारीले तालाबन्दी गरेका थिए ।

Upper Myagdi transmition line notice

विद्यार्थीहरुको परिक्षा सम्बन्धी कामको लागि भनेर २४ घण्टाका ताला खोल्ने समझदारीको दुरुपयोग गरेर एकपक्षीय हिसाबले कुनै अमुक संगठनको इशारामा क्याम्पस प्रशासनले चुनाव गराउन खोजेको प्रति अनेरास्ववीयू क्रान्तिकारीले भत्र्सना गरेको छ । अर्को मिति घोषणा गर्नुपर्ने उसको माग छ । क्याम्पस प्रशासनले विवादका बिच चैत ५ गते स्ववीयु चुनाव गराउने तयारी गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...