बेनी-जोमसोम सडकको रुप्सेमा दैनिक ५ घण्टा यातायात बन्द

Gandaki Ghumau

बेनी, । बेनी–जोमसोम सडक शुक्रबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि यातायात आवत जावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहिबार सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको हो ।

म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवत जावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“चैते दसैको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तिर्थयात्रीहरुलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो “पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।”

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनको लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनहरुले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवत जावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ ।

यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी–गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म दैनिक साढे घण्टाका दरले सवारी आवत जावत बन्द गर्ने समय तालिका बनाइएको थियो ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजना मार्फत पर्वतको मालढुङ्गा देखि म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भैरहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...