म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनको कार्यतालिका प्रभावित

khali

बेनी, । नेत्रबिक्रम चन्द् विप्लप (सि) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले म्याग्दी बहुमुखी क्याम्पसको स्ववीयु निर्वाचन कार्यलयमा सोमबार तालाबन्दि गरेको छ ।
तालाबन्दिका कारण चैत ५ गते तय भएको स्ववीयु निर्वाचनको कार्यतालिक प्रभावित भएको छ । स्ववीयु निर्वाचनलाई लक्षित गरी सञ्चालक समितिको बैठकले संगठन दर्ता र भर्नाका लागि तोकेको समयअवधिको असहमति जनाउदै तालाबन्दि गरेको उक्त संगठनको क्याम्पस कमिटिका संयोजक मनिषा दर्जी (सी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘भर्ना र संगठन दर्ताको प्रक्रीयामा असहमित छ,’ विज्ञप्तिमा भनिएको छ । तालाबन्दिका कारण स्ववीयु निर्वाचनको लागि मतदाता नामावली प्रकाशन, उमेद्वारी मनोनयन लगायतका कार्यतालिका प्रभावित भएको निर्वाचन अधिकृत श्रीधर सुवेदीले बताउनुभयो ।
विद्यार्थी संगठनसँग सोमबार भएको छलफलमा निर्वाचन घोषणापछि भर्ना भएका विद्यार्थीहरुको विषयमा संगठनका प्रतिनिधिहरुको मत बाझिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले केही विद्यार्थी संगठनले स्ववीयु चुनाव विथोल्ने प्रयास गरेको आरोप लगाउनुभयो ।
क्याम्पसका संस्थापक सदस्य ठाकुरप्रसाद पराजुलीको निधनका कारण कार्यतालिका प्रभावित भएपछि सञ्चालक समितिले केही हेरफेर गरेको सञ्चालक समितिले जनाएको छ । म्याग्दी क्याम्पसमा ९ सय जनाको हाराहारीमा स्ववीयु चुनावका लागि मतदाता छन् । स्ववीयु चुनावको मिति नजिकिदै जाँदा विद्यार्थी संगठनहरुले उमेद्वार चयन र सक्रियता बढाएका छन् ।

khali
Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...