लमसुङमा सार्वजनिक सुनुवाई

Gandaki Kotihome

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङमा सोमबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा २ नम्बर वडा कार्यालयको आयोजनामा वडा र गाउँपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।
सो कार्यक्रममा स्थानीयबासीहरुले यातायातको भाडादर कायम नहुँदा मनोमानी भएको, लुलाङ खानेपानी आयोजना निर्माण नसकिदै बिग्रिन थालेको, निर्माण सम्पन्न भएका योजनाको भुक्तानीमा ढिलाई भएको, वडा कार्यालय भवन निर्माण भएपनि प्रयोगमा नआएको, योजनाको लागत अनुमान व्यवहारिक नहुँदा काम गर्न समस्या भएको गुनासो गरेका थिए ।

Upper Myagdi transmition line notice

यसैगरी वडा कार्यालयबाटै अनलाइन माध्यमबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था मिलाउन, भूगोल र दुरि अनुसार व्यवहारिक लागत अनुमान बनाउन, एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन, लुलाङ आधारभूत विद्यालयको खेलमैदान विस्तार गर्न, महिला स्वास्थ्य स्वमसेविकाहरुको प्रात्साहन गर्ने कार्यक्रम बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले दरबन्दि अनुसारका प्राविधिक र प्रशासनिक जनशक्ति अभावका कारण योजना कार्यान्वयन र सेवा प्रवाहमा समस्या भएको बताउदै अन्य पालिकाको तुलनामा भौतिक र वित्तिय प्रगति बढी हाँसिल भएको बताउनुभयो ।

Annapurna aarohan ko notice

जनशक्ति थपका लागि लोक सेवा आयोगमा माग गरेको, भाडादर समायोजनका विषयमा कार्यपालिकाबाट निर्णय गराउन जनप्रतिनिधि मार्फत लविङ गर्न, लुलाङ खानेपानी आयोजनाको बारेमा अख्तियारमा मुद्दा परेकाले भुक्तानी रोकिएको, वडा कार्यालयको भवन हस्तान्तरणका लागि निर्माण व्यवसायीलाई पत्राचार गरिएको बताउनुभयो ।

वडा अध्यक्ष अकप्रसाद विश्वकर्माले चालु आर्थिक वर्षमा गाउँपालिकाले सञ्चालन गरेका २० वटा मध्य सबैको सम्झौता र केही आयोजना निर्माण सकिएका बताउनुभयो । योजनाको लागत अनुमानलाई भूगोल र दुरी अनुसार बनाउन पहल गर्ने, खानेपानी आयोजना निर्माणलाई व्यवथित गर्न पहल गर्ने बताउनुभयो ।

वडा सचिव गिरिराज शर्माले नेपाल टेलिकमले टावर राख्ने तयारी गरेकाले सञ्चार सेवा सहज हुने र वडाबाटै अनलाइनबाट व्यक्तिगत घटनादर्ता गर्ने बताउनुभयो । वडाको समस्या पहिचान, नागरिकको गुनासो, सुझाव र अपेक्षा बुझेर सुधार तथा सम्बोधनका लागि सार्वजनिक सुनुवाईले सहयोग गर्ने उहाँले बताउनुभयो

वडा सचिव गिरीराज शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाका कर्मचारी पोपदेवी पुनले स्वागत र पत्रकार सन्तोष गौतमले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष गमप्रसाद बिक, लुलाङ स्वास्थ्य चौकीका प्रमुख नितु पाइजा लगायतले सहभागीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...