मंगलामा माओवादीको जनतासँग पार्टी अभियान

Gandaki Kotihome

बाबियाचौर, । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्तार, जनवर्गीय संगठनहरुको विस्तार र पुर्नगठन संगै जनताका गुनासा र सुझाब संकलनमा अभियानलाई केन्द्रित गरिने माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटिका सचिव पृथीलाल बिकले बताउनुभयो ।

Notice about ban dadalo

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज गोविन्द पौडेलले राष्ट्रपति चुनावको सन्दर्भमा माओवादी–काँग्रेस सहितका आठ दलीय गठबन्धन संविधान र उपलब्धीको रक्षका लागि बनेको बताउनुभयो ।
“एमाले, रास्वपा र राप्रपाले प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपनि सपथ लिने र सरकार गठन तथा विस्तारकै क्रममा घेराबन्दी गर्न थालेका थिए । एमालेका अध्यक्ष केपी ओलीले संसदमै अघिल्लो कार्यकालमा दुई पटक गरेको संसद विघटन ठिक भएको दावी गरेपछि चुनाव अघि सहकार्य गरेका राजनीतिक दलहरु एक ठाउँमा आएका हुन,” उहाँले भन्नुभयो “चुनावमा जनतासँग गरेको प्रतिवद्धता अनुसारनै नयाँ गठबन्धनले पाँच वर्ष देश चलाउँछ । राजनीति बल्ल ठिक ठाउँमा आएको छ ।”
संसदमा उपस्थित २७० मध्य २६८ सांसदले माओवादीलाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु ऐतिहाँसिक भएको बताउँदै उहाँले फागुन १ गतेलाई सहिद दिवसका रुपमा मनाउनु, जनयुद्धका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिनुुका साथै नागरिकका आधारभूत आवश्यकता र समस्या सम्बोधनमा सरकार केन्द्रित भएको संविधानसभा सदस्य समेत रहेका पौडेलले बताउनुभयो ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चन्द्रबहादुर बुढाथोकीले जनताका समस्या, गुनासा, आवश्यकता पहिचान र सम्बोधनमा पहल गर्ने र पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले दुई महिने जनतासँग माओवादी अभियान सञ्चालन भएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...