पोखराका महिला पर्यटन व्यवसायी बेनीमा

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनीमा आएका छन् ।

म्याग्दी र मुस्ताङको कोरला नाकासम्म पर्यटन प्रवद्र्धनका लागि पोखराबाट आएको टोलीले बेनीमा जनप्रतिनिधि, महिला अगुवा र सरोकारवालाहरुसँग अन्तरक्रीया गरेका छन् । कोरोना लगायतका विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउने उद्देश्यले महिला दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको टेवानकी अध्यक्ष कमला गिरीले बताउनुभयो ।

“स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिबृद्धि, डिजिटल मार्केटिङ तालिम एवम् स्थानीय उत्पादनको ब्राण्डिङ र घरवास प्रवद्र्धन गर्ने कार्यक्रमको उद्देश्य हो,” उहाँले भन्नुभयो “पोखरा घुम्न आउने पर्यटकको बसाई लम्बाउन म्याग्दी र मुस्ताङका गन्तब्य पहिचान गर्नुपर्ने हाम्रो कार्यक्रमको लक्ष्य रहेको छ ।”

Shreekrishna

नेपाल पर्यटन बोर्ड, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा आयोजना गरिएको प्रवद्र्धनात्मक टोलीमा पर्यटनसम्बद्ध संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी सहित ३२ जनाको सहभागिता रहेको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

बेनीमा भएको अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व उपाध्यक्ष तथा पोखरा महानगर पालिकाका सल्लाहकार संयोजक आनन्दराज मुल्मीले पोखरामा आउने पर्यटकको बसाई लम्बाउन छिमेकी जिल्लाका पर्यटकीय गन्तब्यको पहिचान, विकास र प्रर्वद्धन गर्न पहल गरिएको बताउनुभयो ।

धवलागिरी र अन्नपूर्ण हिमालको आधार शिविरलाई नयाँ गन्तब्यको रुपमा विकास गराउन सकेमा सडक विस्तारसँग छोटिएको गण्डकी प्रदेशको महत्वपूर्ण अन्नपूर्ण चक्रीय पदमार्गको विकल्प बन्न सक्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरा अन्तराष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी, मुस्ताङमा उत्पादन हुने आलु, स्याउ, सुन्तला, टिमुर, अल्लोका कपडा, फापर आदीको अन्तराष्ट्रिय बजारीकरणमा जोड दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछानेले मुस्ताङ जाने आउने पर्यटकको बेनीमा बसाई लम्बाउन ऐतिहाँसिक बेनीकोत, लभ्लिहिल, रावणको जन्मथलो पछै, जगन्नाथ, ज्यामरुककोट, रत्नेचौर, गलेश्वर, देवशिला उत्खनन् स्थल र तातोपानी कुण्ड लगायत धार्मिक पर्यटकीय गन्तब्यको विकासमा जोड दिएको बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...