योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवाल

khali

बेनी । स्थानीय तहको योजना तर्जुमा प्रकृयामा द्धन्द्धपीडितको सवालको बिषयमा मंगलवार बेनीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
द्धन्द्धपीडित अधिकार मञ्च, म्याग्दीको आयोजनमा भएको कार्यक्रममा सहभागीहरुले तत्कालिन शसस्त्र युद्धको समयमा पीडित बनेकाहरुको लागि स्थानीय सरकारहरुले आफ्ना योजना तर्जुमा गर्दा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
उनीहरुले स्थानीय तहहरुले द्धन्द्धपीडितको बास्तविक तथ्याङ्क राख्नुपर्ने, उनीहरुको जिविकोपाजन र आयआर्जन सुधारका लागि रोजगारमुलक कार्यक्रम समावेश गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा द्धन्द्धमा ज्यान गुमाएकाहरुको सम्मानमा स्मृति पार्क र स्मारक निर्माण गर्नुपर्ने, पीडित परिवारको कथा÷कथन दस्तावेजीकरण गर्नुपर्नेमामा समेत पीडितहरुको माग थियो ।

khali


कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले द्धन्द्धपीडितहरुको तथ्याङ्क संकलन र पीडितहरुको आवश्यकतामा रहेर योजना तथा कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्र पन्त, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापा मगर लगायतले द्धन्द्धपीडितको लागि राज्यले दिएको सुविधा र अधिकारहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा एडभोकेसी फोरम बागलुङका सदस्य एवम् कानुनव्यवसायि राम शर्मा, प्रदेश संयोजक कुन्जनी परियारले द्धन्द्धपीडितको सवालहरुको बारेमा अभिमुखीकरण गर्नुभएको थियो । मञ्चका अध्यक्ष भिमबहादुर रिजालको अध्यक्षता, मिना कार्कीको स्वागत र सुरेन्द्र खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
तत्कालीन सशस्त्र द्धन्द्धको क्रममा म्याग्दीमा १०६ जनाले ज्यान गुमाएको, ३ जना वेपत्ता भएको र २५ जना घाईते अपांगता भएको तथ्याङ्क रहेपनि त्यो तथ्याङ्कमा अझै छुट रहेको र वास्तविक तथ्याङ्क नभएको द्धन्द्धपीडितहरुको भनाई रहेको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...