आँखा शिविरबाट ४५० लाभान्वित

khali

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानी र मंगला गाउँपालिका–१ कुहुँमा सम्पन्न निशूल्क आँखा शिविरबाट ४५० जना लाभान्वित भएका छन् ।
नेपाल नेत्रज्योती संघ म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिकाको सहयोगमा फागुन २१ गते पाखापानी र २३ गते मंगला गाउँपालिकाको सहयोगमा कुहुँमा शिविर सम्पन्न भएको थियो । सो शिविरबाट १७ जना मोतियाबिन्दुको समस्या भएका बिरामी पहिचान भएका नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाले जानकारी दिनुभयो ।
पाखापानीको शिविरमा १८४ जनाको आँखा गरिएकोमा ५ जना मोतियाबिन्दुका बिरामी पहिचान थिए । कुहुँमा भएको शिविरमा २५६ जनाको आँखा परिक्षण गरिएकोमा १२ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका थिए ।

khali


शिविरमा नेत्रज्योती संघका प्राबिधिक दिनेश बानिया र स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुले आँखा परिक्षण, परामर्श, निशूलक औषधी र चस्मा वितरण सम्बन्धि सेवा दिनुभएको थियो ।
शिविरमा पहिचान भएका बिरामीहरुलाई चैत ५ देखि ७ गतेसम्म बेनीमा हिमालयन आँखा अस्पतालको सहयोगमा सञ्चालन हुने शिविरमा मोतियाबिन्दुको शल्यक्रियाको व्यवस्था मिलाउने नेत्रज्योती संघ म्याग्दीका सचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
फागुन २८ गते अन्नपुर्ण गाउँपालिकाको राम्चे, ८ गते हिस्तान र ३० गते शिखमा निशूल्क आँखा शिविर आयोजना गरिएको नेत्रज्योती संघले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...