जन्मथलोको शैक्षिक विकासमा निर्मल पुर्जाबाट रु. ४० लाखको अक्षयकोष स्थापना

Gandaki Kotihome

दाना, । हिमाल आरोहणको क्षेत्रमा विश्वमै दुर्लभ किर्तिमान कायम गरेका निर्मल पुर्जा (निम्स)ले जन्मथलोको शैक्षिक विकासका लागि रु. ४० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको ज्ञानप्रकाश माविका विद्यार्थी र अन्य आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्नुभएको हो ।

वडा अध्यक्ष रमेश पुर्जाले अक्षयकोषको ब्याजबाट ज्ञानप्रकाश माविका विद्यार्थीलाई उच्च शिक्षा अध्ययन र अन्य विद्यालयमा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनमा परिचालन गरिने बताउनुभयो ।

Shreekrishna hardwear in news

“उहाँ (निर्मल पुर्जा)ले उपलब्ध गराउनुभएको रु. चालिस लाख बैंकको मुद्दति खातामा जम्मा गरिनेछ्,” उहाँले भन्नुभयो “यो सहयोगले दानाको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

Notice about ban dadalo

अक्षयकोषको ब्याजबाट ज्ञानप्रकाश माविबाट कक्षा ८, एसईई र १२ मा सवैभन्दा बढी अंक ल्याएर उतिर्ण हुने एक÷एक जना विद्यार्थीलाई वार्षिक रुपमा क्रमश रु. ५० हजार, ८० हजार र एक लाखका दरले पुरस्कृत गरिने भएको छ ।

छात्रवृत्ति वितरण गरेर बच्ने ब्याज रकम सो वडाको काभ्रे, फगाम र सुवामा रहेको आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलबका लागि उपलब्ध गराइने ज्ञान प्रकाश माविका प्रअ शान्तबहादुर नेपालीले बताउनुभयो ।

कक्षा १२ सम्मको पठनपाठन हुने नेपाल सरकारको नमुना विद्यालय कार्यक्रम लागू भएको ज्ञानप्रकाश माविमा ३२५ जना विद्यार्थी छन् । सो विद्यालयमा दश जोड दुई तह सञ्चालनका लागि यसअघि बेलायतमा रहेका प्रवासीहरुले रु. एक करोडको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

कतारकी राजकुमारी आश्मा आल्थानीको अन्नपूर्ण हिमाल आरोहण टोलीको नेतृत्व गरेर सोमबार दाना आउनु भएका पुर्जाले सो सहयोग उपलब्ध गराउनुभएको हो । “यसअघि पनि मलाई जन्मथलोमा बोलाउनु भएको थियो, समयको चापले आउन सकिन,” पुर्जाले भन्नुभयो “आफ्नो जन्मभूमिको सुःख दुःखमा म साथसाथै छु । गाउँको शिक्षा, स्वास्थ्य अवस्थामा सुधार मेरो बारेमा बनेको मूभिबाट भएको आम्दानीबाट सहयोग गरेको हो ।”

विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढ्ने लगायत अन्य विभिन्न किर्तिमान कायम गरेका पुर्जालाई दानाका बासिन्दाहरुले भब्य स्वागत र सम्मान गरेका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहणका लागि कतारकी राजकुमारी आल्थानीको टोलीलाई लिएर पुर्जाको टोली बुधबार अन्नपूर्ण आधार शिविर जाने तयारी छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...