गणतन्त्र बिरोधी गतिबिधि नियन्त्रण गर्न वाइसीएल म्याग्दीको माग

khali

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले गणतन्त्र बिरोधी गतिबिधि नियन्त्रण गर्न माग गरेको छ ।
वाईसियल म्याग्दीले मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा सरकारलाई ५ बुदे ज्ञापनपत्र पठाएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध प्रतिगामी शक्तिहरुको अस्वभाविक गतिविधिहरु भएको विरुद्ध ध्यानाकर्षण गराउदै ब्यवस्था विरोधी, अराजक, अस्वाभाविक गतिविधिहरुको नियन्त्रण गर्दै संविधान रक्षा, विकास र ब्यवस्थाको सुदृढीकरण गर्न ज्ञापनपत्रमा उल्लेख छ ।
देशमा शान्ति र स्थानयित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादी विच भएका १२ बुँदे विस्तृत शान्ति सम्झौतालाई प्रभावकारी रुपमा कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामहरुको निरुपण तथा मेलमिलाप आयोगबाट समाधानको माग गर्दै ज्ञापन बुझाएको योङ कम्युनिष्ट लिग नेपाल म्याग्दीका संयोजक सन्दिप खत्रीले बताउनुभयो ।

khali


जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायत ब्यवस्था परिर्वतनका क्रममा सहादत प्राप्त गर्ने योद्धाहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिदका परिवारलाई राहत, क्षतिपुर्तिको ब्यवस्था गर्न माग गरेका छन् ।
देशको अर्थतन्त्र चरम संकटमा छ, साना ठुला उद्योगी ब्यापारीहरु विस्थापित हुने अवस्थामा पुगेको उल्लेख गर्दै वित्तिय संघसंस्थाहरुबाट निम्तिएका समस्याहरुमा गम्भिर बन्न सरकारलाई आग्रह गर्दै यिनको रोकथाम र नियन्त्रण गरेर अर्थतन्त्रलाई मजबुद बनाउन ध्यानाकर्षण गरेका छन् ।
सरकारका विभिन्न निकायहरुबाट भैरहेको भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्तीहरुको रोकथाम र नियन्त्रण गरेर देशमा सुशासन कायम गर्न सरकार समक्ष माग गरेका छन् ।
ज्ञापनपत्र बुझदै जिल्ला प्रशासन कार्यालय म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले योङ्ग कम्युनिष्ट लिग नेपाल म्याग्दीले बुझाएको ज्ञापनपत्रलाई तत्काल मन्त्रिपरिषदको कार्यालयमा पठाउने बताउनुभयो ।
ज्ञापनपत्र बुझाउने कार्यक्रमा वाईसियल नेपालका केन्द्रिय सदस्य केन खत्री, जिल्ला संयोजक सन्दिप खत्री, प्रदेश सदस्य किसान विश्वकर्मा र जिल्ला सचिव कृष्णप्रसाद पौडेल लगायत सदस्यहरुको उपस्थित रहेको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...