पाठेघरको मुखको क्यान्सर पहिचान गर्न शिविर

Gandaki Kotihome

पिप्ले, । म्याग्दीको रघुगंगा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार वडा नम्बर ३ पिप्लेमा पाठेघरको मुखको क्यान्सर पहिचान गर्न स्कृनिङ शिविर सम्पन्न भएको छ ।

समयमै समस्याको पहिचान गरेर उपचारको व्यवस्था मिलाउने उद्देश्यले गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा ३० देखि ६० वर्ष उमेर समुहका महिलाहरुको लागि पाठेघरको मुखको क्यान्सर (भिआइए) स्कृनिङ) शिविर गरिएको हो ।

Annapurna aarohan ko notice

शिविरमा ६४ जनाको परिक्षण गरिएकोमा भिआइए पोजेटिभ देखिएका १३ जना शंकास्पद बिरामीलाई थप उपचारका लागि अस्पताल प्रेषित गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख टिकाबहादुर शाहीले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

बेनी अस्पतालका स्त्री रोग विशेषज्ञ डा स्मृति शाही, भगवति स्वास्थ्य चौकीका अनमी नानु जिसी, पिप्ले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको शिविरमा पिप्लेको धरमपानी आमा समूहले खाजा र पानीको व्यवस्था मिलाएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...