बाबियाचौरमा म्याद नाघेका रु. ७० हजार मूल्यका सामान नष्ट

Shreekrishna hardware

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग, २४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन गरिएको छ ।

बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको, खाद्य अनुज्ञा पत्र नलिएको, मुल्यसुची नराखेर संचालन गरेको पाइएको छ । रु. ७० हजार मुल्य बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ ।

Shreekrishna

खाद्य उद्योगलाई अनुज्ञापञ लिन निर्देशन दिइएको छ । होटल, खाद्य पसल अनुगमनका क्रममा भेटिएका खाद्य अनुज्ञा पत्र नलिइ संचालन गरेका खाद्य उद्योगहरुलाई तत्काल अनुज्ञा पत्र लिन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरिक्षक प्रेम अर्यालले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

‘खाद्य ऐन २०२३ को दफा ४ (ख) तथा खाद्य नियमावली २०२७ को नियम २३ को उपनियम ३,४ र ५ बमोजिम खाद्य अनुज्ञा पत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ,’ उहाँले भन्नुभयो ‘अनुगमनलाई निरन्तरता दिन्छौ ।’

अनुगमनमा खाद्य निरिक्षक अर्यालको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका सहन्सा मेहता, वडा अध्यक्ष धनबहादुर खाती, मंगला गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र आचार्य, म्याग्दी उद्योग वाणिज्य संघ मंगला गाउँपालिका इकाईका अध्यक्ष राजु पाण्डे, पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका सन्तोष ढुङ्गाना, बावियाचौर प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक लालबहादुर थापा लगायत प्रतिनिधिको सहभागिता रहेको थियो ।

कार्यालयले यसअघि पनि म्याग्दी सदरमुकाम बेनी बजार, दरबाङ बजार ,दाना लगायत बजारहरु अनुगमन गरेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...