बेनी, । मुद्रण व्यवसायीहरुको भेलाले सोमबार “म्याग्दी मुद्रण उद्योग संघ” गठन गरेका छन् ।
सन्दिप खत्रीको अध्यक्षतामा गठन भएको संघको उपाध्यक्षमा रुद्रप्रसाद सुवेदी, सचिवमा सन्तोष ढुंगाना, कोषाध्यक्षमा गुमा भट्टराई र सहसचिवमा भुवन रोका रहनुभएको छ । संघको सदस्यहरुमा केशव पौडेल, खगेन्द्र थापामगर, भिमनाथ शर्मा, बालकृष्ण हर्मेल रहेका छन् ।
त्यस्तै सल्लाहकारमा सुदर्शनकुमार श्रेष्ठ, लिलाराम गौतम र विनय श्रेष्ठ चयन हुनुभएको छ । व्यवसायिक एकता, हित, संरक्षणका लागि संघको गठन गरिएको अध्यक्ष खत्रीले बताउनुभयो । “लाखौ लगानी गरि सञ्चालन गरिएको व्यवसायबाट गुणस्तरीय सेवा प्रवाह गर्नका लागि संस्थाको स्थापना गरिएको छ,”– खत्रीले भन्नुभयो ।
“छिट्टै संस्थालाई विधिवत रुपमा दर्ता गरी जिल्लामा रहेका सबै व्यवसायीहरुलाई संस्थामा आबद्ध गराईनेछ,” उहाँले भन्नुभयो “प्रिन्टीङ्ग, डिजाईनिङ्ग सम्बन्धी काम गर्ने साना ठुला सबै व्यवसायीहरुलाइई आवद्ध गराउने योजना संस्थाको रहेको छ ।”