हाजिरी जवाफमा प्रकाश मावि विजयी

Gandaki Kotihome

बेनी, । न्यु वेष्ट पोइन्ट आवासीय माविको युवा रेडक्रस सर्कलको आयोजनामा आइतबार बेनीमा जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय विषयगत हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
१३ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा बेनीको प्रकाश मावि प्रथम, बेनी सामुदायिक मावि दृतीय, माउन्ट एभरेष्ट आवासीय मावि तृतीय र वेष्ट प्वाइन्ट आवासीय मावि सान्तवना भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई रु. आठ हजार, पाँच हजार, तीन हजार र एक हजार पाँच सय नगद, प्रमाण पत्र र आर्कषक उपहार प्याकेट प्रदान गरिएको थियो ।
विद्यालयका भाईस प्रिन्सिपल श्री कृष्ण बहादुर जिसीको सञ्चालन, अर्का भाइस प्रिन्सिपल तथा अतिरिक्त क्रियाकलाप संयोजक श्री सरोज लकान्द्रीको सुपरभिजन तथा युरेस, न्यू वेष्ट प्वाइन्टका शिक्षक नायक श्री सुदीप श्रेष्ठज्यूको संयोजनमा सञ्चालित उक्त हाजिरी जवाफ प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी, म्याग्दी जिल्ला शाखाका सभापति अमर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
विद्यालयका प्रिन्सिपल तथा युरेस संरक्षक श्री डिवी दाहालले स्वागत गर्नुभएको थियो । प्रमुख अतिथि बानियाँले युरेस वेष्ट प्वाइन्टले गलेश्वर मन्दिर परिसरमा शिवरात्री, बालाचतुर्दशी र साउने सोमबारहरुमा नियमित रुपमा पु¥याएको स्वयंसेवा तथा बाढीपिडितहरुलाई खाजाखर्च कटाई गरेको सहयोगको प्रसंशा गर्दै थप सिर्जनात्मक र सेवामुलक कार्यका लागि प्रेरणा प्रदान गर्नुभयो ।
युरेस सभापति शिक्षा शाहीले आफ्नो मन्तव्यमा अतिथिहरु, सहभागी विद्यार्थी र शिक्षक प्रतिनिधिहरु धन्यवाद व्यक्त गर्दै पुरस्कार प्राप्त गर्न सफल विद्यार्थीहरु र विद्यालयलाई बधाई ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभयो ।
हाजिरी जवाफ कार्यक्रममा विद्यालयका मावि तहमा अध्यापन गर्नुहुने शिक्षकहरुले क्वीज मास्टरको भूमिका निभाएका थिए भने हाजिरी जवाफ प्रतियोगिताको निष्पक्षता र प्रभावकारिताका लागि विभिन्न प्रतियोगी विद्यालयका शिक्षकहरुले तयार गरेको प्रश्नहरु सोधिएको थियो भने रेडक्रस राउण्डको प्रश्न नेपाल रेडक्रस सोसाइटी, म्याग्दीको सचिवालयबाट प्राप्त भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...