मोना अस्टे्ेलीयाको अध्यक्षमा इन्द्र थापा

Gandaki Kotihome

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्टे«लीयाको अध्यक्षमा इन्द्र थापा मगर चयन हुनुभएको छ ।

अस्टे«लीयाको सिड्नीमा शनिबार भएको १७ औ साधारणसभा र आठौ अधिवेशनबाट इन्द्र थापा मगरको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सुशन श्रेष्ठ, उपाध्यक्षमा लक्की श्रेष्ठ, महासचिवमा दिनेश खत्री, सचिवमा सुमन बानिया चयन हुनुभएको छ ।

सहसचिवमा गोकुल भण्डारी, कोषाध्यक्षमा लुकेश थापा, सहकोषाध्यक्षमा सन्दिप खत्री, प्रवत्तामा हिक्मत श्रेष्ठ, सदस्यहरुमा अनिल बानिया, बाबुराम पौडेल शर्मा, नगेन्द्र (राज) खत्री, कृष्ण खड्का, सुर्यबहादुर मगर, इन्द्र विश्वकर्मा, गोपाल पुन, कुशल पौडेल, विशाल पौडेल, तुलबहादुर थापा र मुक्ति सुवेदी रहनुभएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

ईन्द्र थापामगरको अध्यक्षता र मोना अन्तराष्ट्रियका महासचिव हरि राम्जालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष मुक्ति रोका अतिथि रहनुभएको थियो । सचिव दिनेश खत्रीको प्रगति र कोषाध्यक्ष सुमन बानियाको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।

अध्ययन, रोजगार र पेशा, व्यवसायको शिलशिलामा अस्टे«लीयामा रहेका म्याग्देलीहरुको साझा संस्था मोनाले म्याग्दीको शैक्षिक, स्वास्थ्य, सामाजिक, विपद् व्यवस्थापनका लागि सघाएका छन् । कोरोना महामारीको समयमा म्याग्दी लगायत समस्यामा परेका नेपालीहरुलाई रासन, उपचार र वासस्थानको व्यवस्था मिलाउनुका साथै कोभिड सहायता कक्ष सञ्चालन गरेको थियो ।

म्याग्दीका स्थानीय तहहरुलाई कोरोना संक्रमितको उपचारमा प्रयोग हुने अक्सिजन कन्सनटे«टर वितरण गरेको मोनाले अस्टे«लीयामा रहेका र पुग्ने म्याग्देलीहरुको तथ्याङ्क संकलन र अभिलेख राख्ने कार्य थालेको छ । म्याग्दीको ग्रामिण क्षेत्रमा आँखा शिविर सञ्चालन गरेको मोना अस्टे«लीयाले रु. एक करोडको अक्षयकोषलाई पूर्णता दिने, स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिने, प्रवासी म्याग्देलीहरुलाई अप्ठ्यारो परेको अवस्थामा सघाउने योजना बनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...