जलजलाका सुकुम्वासीलाई निस्सा वितरण

khali

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका सुकुम्वासीहरुलाई निस्सा वितरण गरिएको छ ।
गाउँपालिकाको केन्द्र लामाखेतमा सोमबार आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय भूमि आयोगले निस्सा वितरण गरेको हो । गाउँपालिकाका अधिकृत तथा सुकुम्वासी र अव्यवस्थित बसोवासी सम्बन्धी सम्पर्क व्यक्ति गोविन्द जिसीले २३ जना भूमिहिन सुकुम्वासी र दलित सुकुम्वासीलाई निस्सा वितरण गरिएको जानकारी दिनुभयो ।

khali


कार्यक्रममा उपस्थितिलाई कार्यक्रममै र नआएकालाई वडा सचिव मार्फत निस्सा पठाएको छ । अव्यवस्थित वसोवासीहरुको विषयमा भने पछि निस्सा वितरण गर्ने राष्ट्रिय भूमि आयोग पर्वतका अध्यक्ष उदय सुवेदीले बताउनुभयो । जलजला गाउँपालिकाका करिब ४०० परिवारले अव्यवस्थित वसोवासीको निवेदन दिएका छन् ।
गाउँपालिकाका कार्यवाहक अध्यक्ष दिपक आचार्य, योगका अध्यक्ष सुवेदी, सदस्य मन बहादुर क्षेत्री, जिल्ला मालपोत अधिकृत मुकुन्द लामिछाने, नापी अधिकृत निशा अधिकारी लगायतले निस्सा वितरण गर्नुभएको थियो । निस्सा वितरणपछि वडाले घरधुरी तथा व्यक्ति यकिन गरी जग्गा व्यवस्थापन गरेपछि नापी कार्यालयसँगको समन्वयमा जग्गाधनी पुर्जा प्रदान गरिने प्रक्रीया रहेका छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...