दलित महिला जनप्रतिनिधीहरुको नेतृत्व विकास तालिम शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । बेनीमा सोमबार दलित महिला जनप्रतिनिधिहरुको नेतृत्व विकास तथा जातीय भेदभाव विरुद्धको अभियान सञ्चालन सम्बन्धी कार्यक्रम शुरु भएको छ ।
सामाजिक विकास कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने तालिममा म्याग्दीका ६ वटा स्थानीय तहका पाँच÷पाँच जनाका दरले ३० जनाको सहभागिता छ ।
तालिममा कार्यपालिका, गाउँसभामा आफ्ना मुद्दालाई कसरी उठान र समाधान गर्ने सैद्दान्तिक तथा व्यवहारिक ज्ञान सिप प्रदान गरिने सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले बताउनुभयो । यसैगरी जातीय भेदभाव विरुद्धको कानुनी व्यवस्थाका विषयमा पनि जानकारी गराइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, कार्यालय प्रमुख थापा, गाउँपालिका महासंघका पुर्व केन्द्रिय सदस्य खरमाया बिटालु, याम किसान, भिम सुनार, लालु किसान लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...