घरवासलाई व्यवस्थित गर्छौ– मन्त्री जुग्जाली

Gandaki Ghumau

पोखरा, । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले ग्रामिण पर्यटन प्रर्वद्धनका लागि घरवासलाई व्यवस्थित गर्न लागिएको बताउनुभएको छ ।
पोखरा महानगरपालिका २३ चापाकोटमा देउराली सामुदायिक होमस्टे समितिले आयोजना गरेको तेस्रो चापाकोट महोत्सवलाई बिहिबार सम्बोधन गर्दै मन्त्री जुग्जालीले प्रदेश सरकारले यसअघि अनुदान सहयोग गरेका घरवासहरुको अध्ययन थालिएको बताउनुभयो ।
“यसअघि प्रदेश सरकारले सहयोग गरेका ३२३ वटा घरवासको अवस्था र प्रभावकारीताको अध्ययन, वास्तविकता पहिचान गरेर उत्कृष्ट होमस्टेको प्रर्वद्धनमा गर्ने नीति लिन्छौ,” उहाँले भन्नुभयो “सबैभन्दा राम्रो चलेको र बिग्रिएको होमस्टेको भिजिट गरेर पुनरावलोकन गर्न आवश्यक देखिएको छ ।”


प्रदेश सरकारले गण्डकीको सम्बृद्धिको पहिलो आधार पर्यटन बनाएको र पर्यटन विकासका लागि घरवास कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो । पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरेर पूर्वाधार र प्रर्वद्धनका गतिबिधिलाई अघि बढाउन प्रदेश सरकारले पहल गरेको मन्त्री जुग्जालीको भनाई थियो ।
पोखरामा आउने विदेशीका साथ साथै आन्तरिक पर्यटकहरुलाई आसपासका पर्यटकीय स्थलको भ्रमण गराएर बसाई लम्बाएर ग्रामिण क्षेत्रमा रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन जोड दिने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya


मन्त्रालयको पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति विभागका सचिव कृष्ण बहादुर बोहोराले यस वर्ष होमस्टे प्रर्वद्धनका लागि बिनियोजन भएको रु. एक करोड बजेट कार्यान्वयनका लागि प्रस्ताव आव्हानको तयारीमा रहेको जानकारी दिनुभयो । पर्यटन पूर्वाधारमा रु. दश करोड बजेटका योजना रहेको उहाँले बताउनुभयो ।
माघ २४ गतेदेखि शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो । पोखरा देखि १२ किलोमिटर पक्कि सडकको यात्रा गरेपछि पुगिने पञ्चासेको फेदी, सारङकोट र पुम्दकोटको टाकुरासँग जोडिएको चापाकोटको दैलोमा पोखरा र फेवाताल छन् ।


पोखराको नजिक भएर पनि ओझेलमा परेको चापाकोटको पहिचान र विकाससँगै पर्यटन प्रबद्र्धनका लागि महोत्स आयोजना गरेको चापाकोट पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष भिम पराजुलीले बताउनुभयो ।
कोदोबाट बनाइएको सेलरोटी, गाउँमा फलेका लप्सी, दमौराको अचार, अर्गानिक मह, साग, फेवाको असला, दुधे पिडालुको बजारीकरणको लक्ष्य लिएको पराजुलीले बताउनुभयो । माघ २८ गतेसम्म चल्ने महोत्सवमा मौलिक गित, नृत्य, बाजा प्रर्दशनी गरिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...