बेनीका नगरप्रहरीलाई र्दज्यानी चिन्ह

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले भर्ना गरेका नगरप्रहरीलाई बिहिबार र्दज्यानी चिन्ह प्रदान गरिएको छ ।

नगरपालिकाले गत शुक्रबार तीन जना नगरप्रहरी नियुक्त गरेको थियो । नगर प्रमुख सुरत केसीले नगर प्रहरीका हवल्दार शंकर पौडेल, सिपाही अभिशेक मिजार र रेजिना बिकलाई र्दज्यानी चिन्ह प्रदान गर्नुभएको हो ।

हवल्दारमा तीन र जवानमा १० जनाको आवेदन परेको थियो । आवेदन संकलन, लिखित परिक्षा, अन्तरवार्ता र शारिरिक तन्दुरुस्ती परिक्षण गरेर नगर प्रहरी भर्ना गरिएको प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

छ वटा स्थानीय तह भएको म्याग्दीमा बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक नगरप्रहरी भर्ना गरेको हो । आधारभूत तालिम लिएपछि नगरप्रहरी औपचारिक रुपमा काममा परिचालन भएका हुन् । नगर प्रहरीलाई ३४ प्रकारका काम गर्ने अधिकार दिएको नगर प्रमुख केसीले बताउनुभयो ।

सार्वजनिक सम्पत्तीको संरक्षण, न्यायिक समितिको काम कारबाहीमा सघाउने, राजस्व संकलन र विपद् व्यवस्थापनमा नगर प्रहरी परिचालन गरिने नगर प्रमुख केसीले बताउनुभयो । नगर प्रहरी हवल्दार पौडेलले कार्यपालिकाको आदेश र कार्यबिधि अनुसार नगरको हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

नगर प्रहरीले कार्यविधिअनुसार पारिश्रमिक र अन्य सुविधा पाउनेछन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्नै प्रहरी भर्ना गर्ने अधिकार दिएको छ । दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रममा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, नगर उपप्रमुख ज्योती लामिछाने, वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...