अन्नपूर्णको सोहै गाउँसभाबाट संसोधित बजेट पारित

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको सोहै गाउँसभाले थप रु. दुई करोडको संसोधित बजेट पारित गरेको छ ।

सभामा प्रस्तुत भएको चालु आर्थिक वर्षका लागि थप रु. दुई करोडको संसोधित बजेट प्रस्ताव, एक वटा विधेयक टेवुल र आवधिक, राजस्व सुधार र लैससास योजना पारित भएको हो । माघ १७ गते शुरु भएर स्थगित भएको सभा २१ गते बसेको थियो ।

आकाक्षीहरु धेरै भएपछि लेखा समिति गठन हुन सकेन् । लेखा समितिमा कार्यपालिका सदस्य समेत रहनुभएका वडा न. ८ का अध्यक्ष खमबहादुर गर्बुजा, वडा नम्बर ४ का सदस्य श्याम पुर्जा, ५ का सदस्य पूर्ण पाइजा र ६ का सदस्य पुष्पा बरुवालले दावी गर्नुभएको थियो ।

Shreekrishna

“लेखा समितिमा आकाक्षी हुनुभएका साथीहरुबीच सहमति जुट्न सकेन,” अध्यक्ष भारतकुमार पुनले भन्नुभयो “लेखा समिति गठन बाहेकका सबै प्रस्ताव र बिधेयक पारित भयो ।” लेखा समिति गठन नहुँदा बेरुजु सम्परीक्षणमा समस्या देखिएको छ । आर्थिक वर्ष २०७७÷७८ को अन्तिम लेखा परिक्षण प्रतिवेदन अनुसार रु. पाँच करोड ६७ लाख ७८ हजार बेरुजु रहेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले गत असारमा पारित भएका योजनामा थप भएको सहित ४९ वटा योजनाका लागि रु. दुई करोड अल्या बजेट बिनियोजन गरेको प्रस्ताव गर्नुभएको थियो । यसअघि रु. ५० लाख बिनियोजन भएको गाउँपालिकाको जग्गा तथा भवन निर्माण योजनाका लागि रु. ५० लाख थपिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको ११ वटा योजनाका लागि बिनियोजन भएको रु. ४९ लाख ६४ हजार बजेट सभामा अनुमोदन भएको छ । १७ वटा योजना तथा कार्यक्रम संसोधन भएका छन् ।

सभामा अध्यक्ष पुनको अनुमतिमा प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले प्रस्तुत गर्नुभएको अन्नपूर्ण गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थ ागर्न बनेको बिधेयक–२०७९ पारित भएको छ ।

आर्थिक वर्ष २०७९÷८० देखि ८३÷८४ सम्मको पञ्चवर्षीय आवधिक योजना, राजस्व सुधार कार्ययोजना, लैङ्गिक समानता तथा समाजिक समावेशीकरण मुल प्रवाहिकरण रणनीतिक योजना २०७९ अनुमोदन भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...