गलेश्वर मन्दिरको हवनकुण्ड जिर्णोद्धार गर्न रु. चार लाख पचास हजार सहयोग

khali

बेनी । बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिक स्थल गलेश्वर मन्दिर परिसरको यज्ञ मण्डप÷हवनकुण्ड जिर्णोद्धार गर्न एक जना दाताले आर्थिक सहयोग गर्नुभएको छ ।


कास्कीको पोखरा महानगरपालिका–११ निवासी तेजबहादुर र बिष्णुकुमारी गर्बुजा पुनले रु. चार लाख पचास हजार गलेश्वर शिवालय क्षेत्र विकास कोषलाई उपलब्ध गराउनु भएको हो । कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, उपाध्यक्ष बमबहादुर पुन, सदस्य सचिव बलबहादुर खत्री, कोषाध्यक्ष कुमारी रोका लगायतलाई शुक्रबार गर्बुजाले रकम हस्तान्तरण गर्नुभएको कार्यालय सचिव राम बानियाले जानकारी दिनुभयो ।


गलेश्वर शिवालय मन्दिर परिसरमा रहेको यज्ञ मण्डप र हवन कुण्ड जिर्ण बनेपछि त्यसको जिर्णोद्धारका लागि कोषले तयारी गरेको थियो । प्राबिधिकले तयार पारेको लागत अनुमान अनुसार जिर्णोद्धारका लागि पुनले सहयोग गर्नुभएको हो ।
यज्ञ मण्डप र हवन कुण्डको भवन मर्मतको काम शुरु भइसकेको छ । उहाँहरुले हालसम्म गलेश्वर मन्दिर परिसरमा पुजारी आवास, नटराजको मुर्ति स्थापना, तातोपानी सोलार जडान लगायतका कामका रु. २० लाख भन्दा बढी सहयोग गर्नुभएको छ ।

Shreekrishna hardwear in news
khali


गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मी, पदाधीकारी र सदस्यले सहयोगदाता गर्बुजा दम्पत्तीलाई सम्मानका साथै धन्यवाद ज्ञापन गर्नुभयो । भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब रु. दश करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको उहाँले बताउनुभयो ।


कालीगण्डकी नदी किनारको ९ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथी अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा वौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धार मानिन्छ । हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा बिशेष मेला लाग्ने छ । अन्य समय दैनिक पुजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...