बेनीमा नगरप्रहरी भर्ना

khali

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले नगरप्रहरी भर्ना गरेको छ । नगरपालिकाको सार्वजनिक सम्पत्तीको संरक्षण र नगरपालिकाको आन्तरिक सुरक्षाका लागि तीन जना नगरप्रहरी भर्ना गरेको हो ।

खुल्ला प्रतिस्पर्धा मार्फत एक जना हवल्दार र दुई जना जवान पदमा नगरप्रहरी भर्ना गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकालले जानकारी दिनुभयो । हवल्दार शंकर पौडेल, जवान अभिषेक मिजार र रेजिना बिकलाई प्रशासकीय अधिकृत ढकालले शुक्रबार नियुक्तपत्र हस्तान्तरण गर्नुभएको थियो ।

khali

वि.स. २०७५ मा नगरप्रहरी भर्ना गर्ने कार्यपालिकाले निर्णय गरेर सभाबाट कार्यबिधी समेत बनाएको छ । आवेदन संकलन, लिखित परिक्षा, अन्तरवार्ता र शारिरिक तन्दुरुस्ती परिक्षण गरेर नगर प्रहरी भर्ना गरिएको हो । हवल्दारमा तीन र जवानमा १० जनाको आवेदन परेको थियो ।

Shreekrishna hardwear in news

नगर प्रहरीले कार्यविधिअनुसार पारिश्रमिक र अन्य सुविधा पाउनेछन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई आफ्नै प्रहरी भर्ना गर्ने अधिकार दिएको छ ।
छ वटा स्थानीय तह भएको म्याग्दीमा बेनी नगरपालिकाले जिल्लामै पहिलो पटक नगरप्रहरी भर्ना गरेको हो ।

नगर प्रहरीलाई तालिम दिएर कार्यालय सुरक्षा, नगर क्षेत्रको सार्वजनिक सम्पत्तीको संरक्षणमा प्रहरी र प्रशासन कार्यालयसँग समन्वय गरेर परिचालन गरिने नगर प्रमुख सुरत केसीले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...