क्षमता विकास तालिम शुरु

khali

बेनी। बेनीमा बुधबारदेखि स्थानीय तहका महिला तथा बालबालिका शाखाका कर्मचारीहरुको क्षमता विकास तालिम शुरु भएको छ ।

सामाजिक विकास कार्यालयले आयोजना गरेको तालिममा म्याग्दीका छ वटै स्थानीय तहको महिला तथा बालबालिका शाखा र अन्य सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता छ ।

दुई दिनसम्म सञ्चालन हुने २५ जना सहभागी तालिमको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले उद्घाटन गर्नुभयो । प्रजिअ पौडेलले महिला तथा बालबालिकाको क्षेत्रमा कम बजेट बिनियोजन हुने र खासै चासोको विषयका रुपमा नलिएको बताउदै, यो कार्यक्रम पश्चात कुन पालिकाले कुन विषयमा कति बजेट बिनियोजन गरेको छ भन्ने बिषयमा चासो देखाउन आग्रह गर्नुभयो ।

Shreekrishna hardwear in news
khali

साथै बालमैत्री पालिका घोषणा गर्न अन्य सुचक पूरा भएका कारण प्रयाप्त बजेट बिनियोजन गर्न र बालमैत्री स्थानिय शासन लागू गर्न जोड दिनुपर्ने बताउनु भयो । तालिमको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, जिल्ला हुलाक अधिकृत अमृत सुवेदी, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, सरकारी वकिल कार्यालयका प्रमुख धर्मराज पौडेलले सहजिकरण गर्नुहुने जनाएको छ ।

बालबालिका, महिला, जेष्ठ नागरिक अधिकार प्रचलनमा न्यायिक समितिको क्षेत्राधिकार र भूमिका, पावर पोइन्ट, एक्सल सम्बन्धी व्यवहारिक अभ्यास, टिप्पणी र चिठीपत्र लेख सम्बन्धी व्यवहारिक ज्ञान र नमुना अभ्यास, प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धी नमुना अभ्यास, स्थानीय सरकार सञ्चालन ऐन २०७४ का प्रमुख प्रावधान र यसको कार्यान्वयनको अवस्था, म्याग्दी जिल्लाको स्थानीय निर्वाचनमा समावेशी समूहबाट प्रतिनिधित्वको अवस्था र निर्वाचन सम्बन्धी कानुनी प्रावधान, बालमैत्री स्थानीय शासनका सुचकहरु र यसको घोषणा प्रक्रीया, कार्ययोजना, नीति र कार्यविधि निर्माण सम्बन्धी व्यवहारिक ज्ञान र नमुना अभ्यास गराइने भएको छ ।

स्थानीय तहको महिला तथा बालबालिका शाखामा कार्यरत कर्मचारीहरुको क्षमता विकास र अनुभव आदानप्रदानको माध्यमबाट सेवा प्रवाहमा सुधार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाको अध्यक्षता र योजना अधिकृत बाबुराम आचार्यको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...