एकता अधिवेशनको तयारीमा म्याग्दीका निर्माण व्यवसायी

Gandaki Ghumau

बेनी । निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ ।

मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । यसअघि नारायण जिसी र गोपाल भट्टचनको अध्यक्षतामा गठन गरिएको संघको छुट्टाछुट्टै कार्य समितिले संयुक्त रुपमा एकता अधिवेशन सम्पन्न गर्न लागेको हो ।

Gunasthariya Shiksya

संघमा भएको विवादलाई पूर्ण रुपमा सुल्झाउदै एकताको सन्देश प्रवाह गर्ने गरि आयोजना गर्न लागिएको अधिवेशन भव्य रुपमा सफल बनाउनका लागि नारायण जिसीको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।

Shreekrishna

उक्त समितिमा संघका साविकका दुवै समितिको तर्फबाट सदस्यहरु चयन गरिएको संयोजक जिसीले बताउनुभयो । एकता अधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि उक्त अधिवेशन व्यवस्थापन समितिबाट विभिन्न उपसमितिहरु निर्माण गरि तयारी थालिएको समितिका सदस्य कृष्ण कुमार विश्वकर्माले बताउनुभयो ।

एकता अधिवेशनबाट सर्वसहमतिमै संघको नयाँ कार्य समिति चयन गरि निर्माण व्यवसायीहरुको हकहितका लागि रचनात्मक कार्य गर्दै संघको गरिमालाई उच्च बनाउने योजना अघि सारिएको अधिवेशन व्यवस्थापन समितिका संयोजक जिसीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...