मालिकाको राष्ट्रपति रनिङ शिल्डमा किसानी माविलाई बिजयी घोषणा, उपबिजेता घोषित भिम माविको असहमति

Shreekrishna hardware

दरवाङ,। मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शनिबार सम्पन्न तेस्रो माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिमको किसानी माविलाई बिजयी घोषणा गरिएको छ ।

मालिका गाउँपालिकाको आयोजनामा माघ ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा उपबिजेता घोषणा भएको भिम मावि देविस्थानले नतिजाप्रति असहमति जनाउदै विज्ञप्ति जारी गरेको छ ।

किसानी माविले ११, भिम माविले १० र तेस्रो भएको जनप्रिय माविले ४ स्वर्ण सहितका विभिन्न पदक जितेको गाउँपालिकाले जनाएको छ । किसानीले ११ रजत र ५ कास्य, भिम माविले २ रजत र ५ कास्य, जनप्रियले ३ रजत र ६ कास्य पदक जितेका आयोजकले जनाएका छन् । ११ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुनेले नगद रु. ८० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Shreekrishna

दोस्रो र तेस्रो हुनेलाई क्रमश ः रु. ६० हजार र रु. ४० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । छात्र र छात्रा भलिबल, कवड्डी र एथलेटिक्स बिधाका ३० वटा इभेन्समा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

भिम माविको व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर पुन र प्रअ डम्बर घर्तिले १५०० मिटरको छात्र दौड, १०० इन्टु ४ को छात्रा रिले दौड र अफिसियल राजकुमार परियारको विषयमा आयोजकलाई उजुरी गर्नुभएको थियो ।

१५०० मिटरको दौडका क्रममा किसानी माविका खेल शिक्षक बाहिरबाट भित्री ट्याक नजिक गई केही समय आफ्ना खेलाडीसँग सँगै दौडेर अम्पायरले रिवन पनि नटागेको अवस्थामा आफ्नो खेलाडीलाई बिजयको स्वघोषणा गरेको र अम्पायरलाई औपचारिक नतिजा घोषणा गर्न दवाव दिएको भिम माविले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चार इन्टु १०० मिटर छात्रा रिले दौड प्रतियोगिताका क्रममा अम्पायरले जालझेल गरि प्रष्ट आधार बिनानै जनप्रिय माविलाई अयोग्य र तेस्रो स्थानमा रहेका किसानी माविका खेलाडीलाई बिजयी घोषणा गरेको भिम माविले आरोप लगाएको छ ।

यसैगरी कवडीका अम्पायर राजकुमार परियारले आफ्नो जिम्मेवारी भन्दा बाहिर गएर एथलेटिक्टको प्रतियोगिताका रेफ्रीलाई दवाव र हस्तक्षेप गरेको आरोप लगाएका छन् । गाउँपालिकाका पदाधीकारीहरुले भने नियम अनुसार रेफ्री र एम्पाएरलाई खेल सञ्चालनको जिम्मेवारी दिएको र उनिहरुले गरेको निर्णयनै मान्ने हुने प्रतिक्रिया दिएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...