प्राविधिक ज्ञान लिँदै अन्नपूर्णका जनप्रतिनिधि

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

पोखरेबगर, अन्नपूर्ण गाउँपालिका–७ का वडासदस्य गेमबहादुर पुन अहिले प्राविधिक ज्ञान लिन तल्लिन छन् । गाउँ टोलका सामाजिक गतिविधि, योजना तथा कार्यक्रम कार्यन्वयनमा सहजीकरण र घरायसी कामबाट समय बचाएर ४५ वर्षीय उनी कम्प्युटर सिक्न थालेका हुन् ।

‘युगअनुसार आफ्नो क्षमता विकास गरेर जनतालाई सेवा दिनुपर्ने भयो,’ वडासदस्य पुन भन्छन् ‘२३ वर्षअघि काठमाडौँ पुगेर कम्प्युटर तालिम लिएको थिएँ । अहिले पुर्नताजकी भएको छ । इमेल, इन्टरनेट चलाउने, चिठीपत्र र सिफारिस आफै टाइप गर्न सक्ने लक्ष्य छ ।’ 

वडा नं ४ की सदस्य यामकुमारी सोन्तजा पनि घरायसी र वडामा आफ्नो जिम्मेवारीको काम भ्याएर पोखरेबगरस्थित गाउँपालिकाको कार्यालयमा सञ्चालित डिजिटल साक्षरतासम्बन्धी तालिममा सहभागी भएकी छिन्। कक्षा ८ सम्मको औपचारिक शिक्षा हासिल गरेकी उनले वडाको काम सहज बनाउन तालिमले सहयोग पुग्ने विश्वास लिएकी छिन्। 

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

‘अहिलेको जमानाअनुसार सामाजिक सञ्जाल, इमेल र इन्टरनेटको ज्ञान आधारभूत जस्तै भयो,’ वडा नम्बर २ का सदस्य चन्द्रकुमार फगामी भन्छन् ‘प्रविधि प्रयोग गर्दै सेवा प्रवाहलाई सहज बनाउन क्षमता विकास गर्नुपर्ने महसुस गरेर हामी तालिममा सहभागी भएको हौँ ।’ गत पुस २० गतेदेखि सुरु भएको तालिमको अहिले तेस्रो चरण चलिरहेको छ ।

आधुनिक प्रविधि र सञ्चार माध्यमको प्रयोग गरेर सूचना आदानप्रदान गरी गाउँपालिकाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल बताउँछन्। 

उनका अनुसार प्रत्येक दिन ६ घण्टाका दरले छ दिनसम्म कम्प्युटर, मोबाइल, ल्यापटप, इमेल र इन्टरनेटको प्रयोगबाट प्रशासनिक काम गर्ने विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान सीप प्रदान गरिएको छ । आठ वटा वडा रहेको गाउँपालिकामा ४५ जनप्रतिनिधि छन् । प्रन्ध्र पन्ध्र जनाको समूह बनाएर तालिम दिन लागिएको हो । 

तालिममा टापइ, स्क्यान, इमेल गर्ने, सन्देश आदानप्रदान गर्ने विषयमा प्रशिक्षण दिइएकोे छ । गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाहलाई कागजरहित बनाउँदै लैजाने उद्देश्यले जनप्रतिनिधिको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष दिवा पुन बताउँछिन्। 

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...