बनौमा निशूल्क आँखा शिविर

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । पर्वतको जलजला गाउँपालिका–९ बनौमा बुधबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेत्र ज्योति संघ धौलागिरि शाखा बागलुङको प्राविधिक सहयोगमा जलजला गाउँपालिकाले शिविर आयोजना गरेको हो । शिविरमा ७८ जना विद्यार्थी सहित २७० जनाको आँखा परिक्षण भएको जलजला गाउँपालिकाको स्वास्थ्य शाखाका सिनियर अहेव डिल्लीराज आचार्यले जानकारी दिनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

१६२ जनाको आँखा उपचार र ७५ जनालाई चश्मा वितरण गरिएको छ । मोतियाबिन्दुका ४ जना बिरामी पहिचान भएको छ । मोतिया बिन्दुको निशूल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाउने गाउँपालिकाले जनाएको छ ।

Shreekrishna
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...