जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चालन गर्ने

Gandaki Ghumau

बेनी ।

पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा अतिरिक्त कक्षा सञ्चलन गर्ने भएको छ ।

गाउँ कार्यपालिका अन्तरगतको शिक्षा समितिको सोमबार बसेको बैठकले अतिरिक्त कक्षा सञ्चालन गर्न प्रति विद्यार्थी रु. एक हजारका दरले अनुदान दिने निर्णय गरेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

कक्षा ८, ९ र १० का विद्यार्थीको सिकाई उपलब्धी बढाउन दुई महिना दुई घण्टा अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

“विद्यार्थीहरुको उपलब्धी मापन गर्न गरिएको परिक्षाको नतिजालाई सुधार गर्न अतिरिक्त कक्षा चलाउन तीन वटा कक्षाका ६४४ जना विद्यार्थीका लागि रु. एक हजारका दरले अनुदान दिने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो “सबै विद्यालयहरुलाई अभिभावकसँग छलफल गरेर तत्कालै अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौ । अभिभावकलाई भार नपरोस भनेर गाउँपालिकाबाट अनुदान दिन लागिएको हो ।”

जलजलाले ३, ५, ८ र १० का बिद्यार्थीहरुको उपलब्धी मापन गर्न गत मंसिरमा पालिका भरका दुई हजार १८ जना विद्यार्थीहरुको एकै पटक परिक्षा लिएको थियो । नतिजा अनुसार सिकाई उपलब्धी कमजोर देखिएको थियो ।

सो परिक्षाको नतिजाका विषयमा केही दिनअघि पालिकाका जनप्रतिनिधि, प्रअ र सरोकारवालाहरुबीच छलफल भएको थियो । अर्को चरणमा पनि उपलब्धी मापन परिक्षा सञ्चालन गरिने गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...