‘सानो उमेरमा पत्रकारितामा त्रिभुवन पौडेलको ठूलो योगदान’

Gandaki Ghumau

पोखरा, गत माघ १ गते पोखरामा विमान दुर्घटनामा निधन हुनुभएका पत्रकार त्रिभुवन पौडेलले सानो उमेरमा नेपाली पत्रकारितामा ठूलो योगदान गर्नुभएको सञ्चार क्षेत्रका व्यक्तिहरुले बताउनुभएको छ ।

पौडेलको निधन भएको आज आठौँ दिनमा प्रेस सेन्टर नेपाल केन्द्रीय समिति, गण्डकी प्रदेश कास्की शाखा र पोखरा महानगर कमिटीले संयुक्त रुपमा आज पोखरामा आयोजना गरेको शोकसभामा पौडेलले पत्रकारितामा गर्नुभएको योगदान बारे चर्चा गरियो । पौडेल प्रेस सेन्टरको केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

प्रेस स्वतन्त्रता सेनानी एवं राष्ट्रिय समाचार समिति(रासस)का पूर्व अध्यक्ष कोमलनाथ बरालले छोटो समय बाँचेर पनि पौडेलले पत्रकारितामा धेरै कुरा दिएको बताउनुभयो ।विशेषगरी गण्डकी प्रदेशमा जनपक्षिय पत्रकारिताको विकाससँगै पत्रकार महासङ्घका भौतिक पूर्वाधार निर्माणमा पौडेलले नेतृत्वदायी भूमिका खेलेको बरालले बताउनुभयो ।

Shreekrishna

बरालले भन्नुभयो,“पौडेल छोटो समय बाँच्नुभयो तर उहाँले पत्रकारितामा सँधै स्मरण हुने काम गरेर जानुभएको छ ।”पौडेलले कक्षा १० मा पढ्दादेखीनै पत्रकारिता क्षेत्रमा रुची राख्नुभएको र मेहनत गरेर स्थापित बनेको बरालको स्मरण छ ।

Gunasthariya Shiksya

स्व पौडेल पत्रकार महासङ्घ कास्कीको दुई कार्यकाल सचिव र उपाध्यक्ष हुनुभयो । सोही बेलानै महासङ्घको सुविधासम्पन्न दुई तलाको भवन निर्माण गरिएको थियो । पौडेलले पत्रकार महासङ्घ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष बनेर पहिलो कार्याकालमानै प्रदेश समितिको पक्की कार्यालय भवन बनाउनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय महासचिव सन्तोष पौडेलले गण्डकी प्रदेश र केन्द्रमा समेत स्थापित पत्रकार पौडेलको निधनले पत्रकारिता क्षेत्रमा क्षति पुगेको बताउनुभयो । उहाँले त्रिभुवनको मृत्युले प्रेस सेन्टर सहित समग्र पत्रकारिता क्षेत्र स्तब्ध बनेको बताउनुभयो । महासचिव पौडेलले गण्डकीको पत्रकारितामा पौडेलको अभाव खट्किन दिन नहुनेमा जोड दिनुभयो ।

प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले पौडेल भौतिक रुपमा नरहेकाले उहाँका सपनाहरु पूरा गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताउनुभयो ।

पौडेलप्रति शोक व्यक्त गर्न र परिवारमा समवेदनाका लागि प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली, सुरेशचन्द्र अधिकारी, दयानिधि भट्ट, केन्द्रीय उपमहासचिव दीपक श्रेष्ठ, सचिव माधव पनेरु, शान्ता अधिकारी, प्रदेश अध्यक्ष अर्जुन काफ्ले, प्रेस सेन्टरका केन्द्रीय सदस्यहरु, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । विसं २०४३ भदौ ७ गते पर्वतको आर्थर डाँडाखर्कमा जन्मनुभएका पौडेलको बाल्यकाल पोखरामानै व्यतित भएको थियो ।

पोखराको जनप्रिय माविमा विसं २०५८ मा कक्षा ९ मा अध्ययन गर्दै गर्दा उहाँ स्वाभिमान साप्ताहिक पत्रिका मार्फत सानो उमेरमानै पत्रकारितामा प्रवेश गर्नुभएको हो ।काठमाडौँबाट पोखरा फर्किने क्रममा यती एयरलाइन्सको विमान सेती नदी खोँचमा दुर्घटना हुँदा पत्रकार पौडेल सहित ७२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परेका एक जना अझै फेला पर्न सकेका छैनन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...