पिप्लेमा रघुगंगा गाउँपालिका स्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता शुरु

Gandaki Kotihome

बेनी, । रघुगंगा गाउँपालिका–३ पिप्लेमा आइतबारदेखि अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य हरी भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा भण्डारीले खेलकुद क्षेत्रको विकासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो ।

“विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन यो प्रतियोगिताको महत्वपूर्ण भूमिका हुनेछ,” उहाँले भन्नुभयो “विद्यालयस्तरको शिक्षा र खेलकुदसंगसंगै अगाडी बढाउन नीति, कार्यक्रम र योजना बनाउन प्रदेशसभामा पहल गर्छु ।”

Shreekrishna hardwear in news
Notice about ban dadalo

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले राष्ट्रियस्तरमा म्याग्दी जिल्लालाई चिनाउने खेलाडीहरुले रघुगंगाले उत्पादन गरेको बताउनुभयो । विद्यालयको शिक्षा र खेलकुदलाई प्रभावकारी रुपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय गरेर योजनाबद्ध अघि बढ्न आग्रह गर्नुभएको थियो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथमलाई रु. ५० हजार, द्धितियलाई रु. ३० हजार र तितृय हुने विद्यालयलाई रु. २० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हरेक विधामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत समेत गरिने छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ढकाल, जिल्ला शिक्षा समन्वय ईकाईका इकाई प्रमुख दलबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गाउँ कार्यपालिकाका प्रवक्ता मनकुमार शेरपुञ्जा, वडा अध्यक्ष अमृत भण्डारी लगायतले गाउँपालिका स्तरबाट छनौट हुने खेलाडीहरुले जिल्ला स्तर हँुदै प्रदेश र राष्ट्रिय स्तरमा समेत सहभागीता जनाउन पाउने भएकाले अनुशासित भएर खेल प्रतिभाको प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनको स्वागत र लेखाअधिकृत खगराज सुवेदीको संचालनमा भएको कार्यक्रम बाल कलाकार सुप्रिम मल्लले गित र विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...