बेनी नगरपालिकाका ७ जना कर्मचारी पुरस्कृत

Gandaki Ghumau

बेनी,। म्याग्दीको बेनी नगरपालिकाले सात जना कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई सम्मान सहित पुरस्कृत गरेको छ । बेनीमा शुक्रबार भएको बाहै नगरसभामा जनही नगद रु. पाँच हजार र प्रमाणपत्र प्रदान सहित पुरस्कृत गरिएको हो ।
सूचना प्रविधि अधिकृत खिमबहादुर क्षेत्री, सब इञ्जिनियर कमल थापा मगर, सिनियर अहेब हरिलाल अधिकारी, वडा सचिव प्रकाश आचार्य, चन्द्रोदय आधारभूत विद्यालय भकिम्लीका शिक्षक शान्ता कुमारी राना, बाल मन्दिर आधारभूतका प्रअ सुरेन्द्र केसी र कार्यालय सहयोगी चक्रबहादुर बानियालाई पुरस्कृत गरिएको हो ।
नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगद र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कर्मचारीहरुलाई प्रोत्साहनका लागि पुरस्कृत गरिएको नगरप्रमुख केसीले बताउनुभयो ।

Gunasthariya Shiksya
Shreekrishna
Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...