दरवाङमा करविर मेमोरियल कप शुरु

Gandaki Kotihome

दरवाङ । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा मंगलबारदेखि छैठौ पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप खेलकुद प्रतियोगिता शुरु भएको छ । दरबाङको केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलले आयोजना गरेको प्रतियोगिताको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।
“विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले प्रतिभाको पहिचान सहित खेलकुद गतिविधिलाई प्रोत्साहन गर्छ,” उहाँले भन्नुभयो “खेलकुद र शिक्षालाई हरेक विद्यालयले प्राथमिकता दिनुपर्छ ।”
मालिका गाउँपालिका–६ का वडा अध्यक्ष पथबहादुर रोका, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोम बहादुर केसी, शिक्षा अधिकृत अशोक रिजाल, जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुबेदी लगायतको आतिथ्यता रहेको थियो । पालिकास्तरीय भलिबल प्रतियोगितामा ८ टिम, जिल्लास्तरीय फुटसलमा १७ टिमको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो ।
भलिबलको विजेता र उपविजेताले क्रमश रु. ३५ हजार, रु.२० हजार र फुटलसको विजेता र उपविजेताले रु. २५ हजार र रु. १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । विद्यालयका प्रबन्ध निर्देशक हिरा पुनको अध्यक्षता, प्रिन्सिपल बिमल शर्माको स्वागत र शिक्षक मिनबहादुर सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिता पुष ३० गतेसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...