पशु चौपायामा पूर्णखोप सम्वन्धी पालिकास्तरीय अभिमुखिकरण

khali

बेनी। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा सोमबार बेनी नगरपालिकामा पशुमा पूर्ण खोप सम्बन्धी पालिका स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ ।
पशुहरूमा आउने रोगको प्रकोप नियन्त्रण गर्न र बिरामी हुनबाट जोगाई कृषकलाई क्षति पुग्न नदिन पुर्णखोप संचालन गर्नका लागि जनप्रतिनिधि, प्राबिधिक र कर्मचारीहरुलाई जानकारी गराएर कृषक सम्म सन्देश पु¥याउन अभिमुखिकरण गरिएको हो ।
केन्द्रका प्रमुख जिवनप्रसाद आचार्यले बेनी नगरपालिका, धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा पशुचौपायामा पूर्णखोप सम्वन्धी गोष्ठी सम्पन्न गरेको जानकारी दिनुभयो ।

khali


मंगलामा चौपायामा पूर्णखोप सम्वन्धी अभिमुखीकरण गर्न बाकी रहेको पशुचिकित्सक आचार्यले जानकारी दिनुभयो । करार कर्मचारी नियुक्त गरेर खोप लगाउने अभियान संचालन हुन्छ । प्रभावकारी रुपमा खोप अभियानलाई पालिकास्तरमा लागु गर्न अभिमुखीरकण संचालन गरिएको छ ।
किसानले पालेका भैंसीमा देखिने भ्यागुते र चरचरेविरुद्धको खोप, भेडा बाख्रामा पीपीआर, कुकुरमा रेबिजविरुद्धको खोप, बङ्गुरमा स्वाइन फिभरविरुद्धको खोप लगाउने केन्द्रको तयारी छ । म्याग्दीमा एक लाख १० हजार भन्दा बढी किसानले पशुचौपाय पालेका छन् । सबै पशुलाई खोप निःशुल्क लगाइने भएकाले अभियान सञ्चालन भएका बेला खोजीखोजी खोप लगाउन विज्ञ केन्द्रले अनुरोध गरेको छ ।
नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुखप्रशासकीय अधिकृत धोलकराज ढकाल र वडाअध्यक्ष लगायत सदस्यहरुको उपस्थित रहेको गोष्ठीमा केन्द्रका पशु चिकित्सक आचार्यले पशुमा लाग्ने रोग, लक्षण र पशुमा लगाउने खोप सम्वन्धी जानकारी गराउनुभएको थियो ।
गोष्ठीमा नगरप्रमुख केसीले पशुहरुमा पूर्ण खोप कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन नगरपालिकाले समन्वय गर्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रमको संचालन अधिकृत रामकृष्ण सुवेदीले गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...