सौगात सहकारीको साधारणसभा

khali

बेनी, । बेनीको सौगात बहुउद्देश्यीय सहकारी संस्थाको १३ औ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा सहकारीले नेपाल बाल संगठन म्याग्दीले बेनीमा सञ्चालन गरेको बालगृहलाई रु. छ हजार ८६५ मूल्य बराबरको खाद्यान्न सामग्री वितरण गरेको छ ।

khali


संस्थाका अध्यक्ष सन्तोष ढुङ्गानाको अध्यक्षता, सल्लाहकार तथा संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलको प्रमुख आतिथ्यता, उपाध्यक्ष उषा किसानको स्वागत र सदस्य हिरा शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाका सल्लाहकार हरिकृष्ण आचार्य, संस्थापक सेयर सदस्य तथा मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालु, पुर्व अध्यक्ष दिपक सेवदी, संस्थापक अध्यक्ष भगवति शर्मा लगायतको उपस्थिति थियो ।
साधारणसभामा सञ्चालक समितिका सदस्य सिता गुरुङले प्रगति र कोषाध्यक्ष नेत्र सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...