बेनीमा सिटिजन लाइफको बीमा सचेतना कार्यक्रम

Shreekrishna hardware

बेनी, ः सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । बेनीमा विहिवार भएको बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु. १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।

सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो ।

रु ५० लाखको विमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभ वापतको रकम र रु ५० लाख र किरिया खर्च बापतको रु ५० हजार गरि एकमुष्ठ रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna

उहाँका अनुसार, २० बर्षको पोलिसी खरिद गर्नुभएका बरुवालले प्रत्येक बर्ष रु २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गर्नुभएको थियो भने एक बर्षको मात्रै रकम उहाँले भुक्तानी गर्नुभएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा महजोडीको रुपमा परिचित कलकारद्वय श्रेष्ठ र आचार्यले जीवन बीमा भविश्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिनुभयो ।

‘‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ’’– श्रेष्ठले भन्नुभयो ।

अर्का कलाकार आचार्यले हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीको रुपमा काम गरेको बताउँदै समुन्नत समाजमा सरकारले नै नागरिकको जीवन वीमामा सहयोग र प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधाहर सहित आएको बताउनुभयो । कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमाल र सुनिल पोखरेल,जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, शाखा प्रमुख भावना पोडैल सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो । उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालक कुवेर पाठकले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...