लोकदिपको चार वर्षिय रणनीतिक योजना

Shreekrishna hardware

बेनी, । बेनीस्थित लोकदिप बचत तथा तथा ऋण सहकारी संस्था (साकोस)ले चार वर्षीय रणनीतिक योजना तयार गरेको छ ।

पर्यटकीयस्थल टोड्केमा शनिबार र आइतबार गरी दुईदिनसम्म आयोजित रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठीले आगामी ४ वर्षको लागि लक्ष्य,रणनीति, बजेट र योजना निर्माण कार्य सम्पन्न गरेको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

आगामी चारवर्षमा संस्थालाई कुन स्थानमा पुर्याउने र के कस्ता काम गर्ने भन्ने विषयमा राष्ट्रियसहकारी बैंकका तालिम शाखाका प्रशिक्षक नवकुमार अधिकारीले सहजीकरण गर्नुभएको थियो। गोष्ठीमा संस्थालाई आवश्यक पर्ने थप नयाँ कार्यविधि, नियमावली तथा सेयर सदस्य अनुकुलका योजना, संस्थाको सदस्यता विस्तार, सेयर बृद्धि, बचत बृद्धि, सदस्यहरुमा सहकारी तालिम र सहकारी शिक्षा लगायत विविध विषयमा केन्द्रित भएर रणनीति बनाइएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताउनुभयो ।

Shreekrishna

संस्थाले आधुनिक प्रविधिको प्रयोगलाई जोड दिदैं मोवाइल बैंकिङ्ग तथा क्यू आर कोड सेवालाई यसै आर्थिकबर्षदेखि सुरुवात गर्ने प्रतिबद्धता जनाएको छ । गोष्ठीमा संस्थाका पदाधिकारी, लेखा समिति, सबै उपसमिति र कर्मचारी गरी २१ जनाको सहभागी रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको गोष्ठीको अध्यक्षता संस्थाका अध्यक्ष हरिकृष्ण गौतम, र समापन कार्यक्रमको अवसरमा उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले स्वागत तथा सञ्चालन सचिव ओमप्रसाद शर्माले गर्नुभएको थियो ,।संस्थाले ‘सहज पहुँच सहित बिश्वनीय सहकारी’भन्ने भिजन पारित गरेको छ । लोकदिप राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा आवद्ध रहेर कारोबार गरिरहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...