गुर्जाबाट गर्भवतिको हेलिकप्टरबाट उद्धार

Gandaki Ghumau

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाकी एक गर्भवतिलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश सरकार र धवलागिरी गाउँपालिकाको समन्वयमा एयर डाइनेष्टिको हेलिप्कटरबाट उद्धार गरेर पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको गुर्जा स्वास्थ्य चौकीले जनाएको छ ।

गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले शनिबार बिहान ७ बजेदेखि सुत्केरी ब्यथा लागेपनि आइतबार अपराहन्न सम्म बच्चा नजन्मिएपछि हेलिकप्टरबाट उद्दार गरेर पोखरा लगिएको बताउनुभयो । आइतबार साँझ ६ः३० सम्म बच्चा जन्मिएको छैन् । शल्यक्रिया मार्फत सुत्केरी गराउने प्रयास भैरहेको अस्पतालले जनाएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

लामो समयसम्म ब्यथा लागेको (प्रोलङग लेवअर) देखिएपछि गुर्जा स्वास्थ्य चौकीका अनमी रोशनी सुनार, चोलमाया छन्त्यालले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजाल, वडा अध्यक्ष छन्त्याल, स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सम्झना खाती क्षेत्री मार्फत हेलिकप्टरबाट पोखरा लैजान समन्वय गर्नुभएको थियो ।

म्याग्दीको ४५ वटा वडा मध्य गुर्जामा मात्र सडक यातायातको सुविधा पुगेको छैन् । छिमेकी गाउँ लुलाङबाट गुर्जा पुग्न पुरै दिन जंगल, भिर र खोल्साको बाटो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका गर्भवति र सुत्केरीको उद्दारका लागि निशूल्क ‘एयर लिफ्ट’ कार्यक्रम सञ्चालन गरेको छ । दुर्गम क्षेत्रका गर्भवति, सुत्केरी र नवजात शिशूको ज्यान बचाउन एयर लिफ्ट कार्यक्रम प्रभावकारी बनेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...