म्याग्दीका ठूला योजना कार्यान्वयनमा भएको ढिलासुस्तिप्रति सरोकारवालाहरुको आक्रोश

Gandaki Kotihome

बेनी, । बेनीमा बिहिबारदेखि जिल्ला समन्वय समितिको आठौ जिल्ला सभा शुरु भएको छ ।

जिल्ला समन्वय समितिको सभाहलमा सुरु भएको आठौँ सभामा बोल्ने बक्ताहरुले म्याग्दीमा सञ्चालित विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति चिन्ता र आक्रोश व्यक्त गरेका छन् ।

अधुरा आयोजनालाई पूर्णता र दुरगामी महत्वका आयोजनाका लागि बजेट व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारसँग तीनै दलका जनप्रतिनिधि र सबै राजनीतिक दलहरुले संयुक्त पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । बेनी–जोमसोम, बेनी–दरवाङ सडक र बेनी अस्पतालको भवन लगायतका आयोजना निर्माणमा निर्माण व्यवसायीले गरेको ढिलासुस्तिप्रति जनप्रतिनिधिले आक्रोश व्यक्त गरेका छन् ।

Shreekrishna hardwear in news

जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले जिल्ला भित्रिएका ठुला विकास निर्माणका योजनाहरुको कार्यान्वयन पक्ष फितलो बनेको तर्फ चिन्ता ब्यक्त गर्दै विकास निर्माणको क्षेत्रमा राजनीतिक दलहरुले सहमति र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका हुन् ।

निर्वतमान प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, संविधान सभा सदस्यद्वय नवराज शर्मा र गोविन्द पौडेलले संघ र प्रदेशका योजना छनोट गर्दा जिल्लाको प्राथमिकतालाई ध्यानमा राख्न आग्रह गरेका थिए । उहाँहरुले बजेट नभएर भन्दा पनि ठुला योजना ठेक्का लिएका निर्माण व्यवसायीले काम नगरेको भन्दै त्यसलाई सुधार गर्न नीतिगत सुधार गर्न पहल गर्ने बताउनुभयो ।

Notice about ban dadalo

गण्डकी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुन, नवनिर्वाचित प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जाली, हरीबहादुर भण्डारी र विमला गौचनले संघियताको प्रभावकारी कार्यान्वयनमा अधिकार क्षेत्रको स्पष्टता आवश्यकता औल्याउदै जिल्ला विकास निर्माणमा जनप्रतिनिधि र राजनीतिक दल कर्मचारी र सरोकारवाहरुलले समन्वय र सहकार्य आवश्यक रहेको जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति हरिकुमार श्रेष्ठ, एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदी, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष वीरबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पाटीका अध्यक्ष गणेश महत, जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपाल, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरीकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो ।


सभामा शनिबारसम्म जिल्लास्थित संघीय तथा प्रदेशका विषयगत कार्यालयहरुको र स्थानीय तहको बार्षिक प्रगति प्रस्तुत गर्ने छन् । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख डिलकुमारी खत्री, जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद पोखरेलले कार्यक्रमम उद्देश्य र अधिकृत साधनाकुमारी श्रेष्ठको संचालनमा उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रपछि विषयगत कार्यालहरुको प्रस्तुती रहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...