आफ्नै भवनबाट सेवा दिने तयारीमा विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्र, बेनी, म्याग्दीले आफ्नै नयाँ भवनबाट कार्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

हाल बेनी नगरपालिका वडा नं.– ८ गणेशटोल स्थित भाडाको घरमा रहेको प्राधिकरणले बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण गरेको नयाँ भवनमा कार्यालय सार्ने तयारी गरेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

२०७९ पौष ११ गते सोमबार देखि बेनी, नगरपालिका वडा नं.–७ मंगलाघाटमा नवनिर्मित भवनबाट सेवाहरु प्रवाह गर्न लागेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिनुभयो ।

Shreekrishna

कार्यालय सार्ने प्रयोजनको लागि यहि मिति २०७९ पौष ७ र ८ गते दुई (२) दिन अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द हुने सूचना जारी गरिएको उहाँले बताउनुभयो ।

नयाँ, सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राही र कर्मचारीलाई सहज हुने बताइएको छ । प्राधिकरणले मंगलाघाटमा तीन तले भवन निर्माण गरेको छ । ठेकेदार कम्पनी त्रिशक्ति तिलक जेभीले हालै भवन हस्तान्तरण गरेको थियो । बेनी–दरवाङ सडकदेखि भवनमा पुग्ने पहुँच मार्ग निर्माण सकिएपछि कार्यालय सार्न लागिएको हो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...