बेनी । मंगला गाउँपालिका–२ की माया जिसीले बेनीको म्याग्दी बालगृहका एक जनाको शैक्षिक अभिभावकत्व लिनु भएको छ ।
बालगृहमा रहेका १२ जना मध्य एक जनाको वार्षिक शैक्षिक खर्च व्यवहोर्ने घोषणा गर्नुभएकी जिसीले सोमबार नगद रु. १८ हजार पनि उपलब्ध गराउनुभयो ।
नेपाल बाल संगठन म्याग्दीले बालगृह सञ्चालन गरेको छ । संगठनका अध्यक्ष राजेश शाक्यको उपस्थितिमा जिसीले शैक्षिक अभिभावकत्व लिने घोषणा र नगद हस्तान्तरण गर्नुभएको थियो ।