कृषिका कार्यक्रम दोहोरो पर्न नदिन समन्वय

Gandaki Kotihome

बेनी, । कृषि ज्ञान केन्द्र, म्याग्दीले कार्यक्रम दोहोरो पर्न नदिनका लागि स्थानीय तह (पालिका)हरुसँग समन्वय गरेको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगतको कृषि ज्ञान केन्द्रले संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सुन्तला, आलु र बंगुर जोनका साथै जिल्लाका स्थानीय तहसँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्न थालेको हो ।

तीनै तहका सरकारको कार्यक्रम दोहोरो पर्न नदिनका लागि हालै स्थानीय तहका कृषि प्राविधिकहरुसँग समन्वय बैठक र अन्तरक्रिया गरिएको कृषि ज्ञान केन्द्रका प्राबिधिक सहायक सम्झना आचार्यले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

सो कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख सुधिर थापा, कृषि अधिकृत बिक्रम बस्याल, कृषि प्रसार अधिकृत मोहन श्रेष्ठ, बाली संरक्षण अधिकृत निर्मला कटुवाल र स्थानीय तहका कृषि शाखाका प्रमुखहरुले वार्षिक कार्यक्रम र कार्यान्वयनको तयारीका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

विशेष गरेर अनुदानका कार्यक्रमलाई एकै जनाले धेरै ठाउँबाट लाभ पाउने र अन्य कृषकहरु अवसरबाट बञ्चित हुने अवस्था नआवस भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागि स्थानीय तहका कृषि प्राबिधिकहरुले भौगोलिक विकटता, जनशक्तिको कमी, पर्याप्त बजेट नहुने, कार्यबिधिको अभाव, सामान्य निर्णयका लागि पनि कार्यपालिकाको बैठक बस्नुपर्ने अवस्थालाई चुनौतिका रुपमा प्रस्तुत गर्नुभएको थियो ।

स्थानीय तहले कृषि सम्बन्धी कार्यक्रमका लागि कार्यबिधि र कृषकको माग अनुसारका कार्यक्रम बनाउनुपर्ने सहभागीको भनाई थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...