शिख माविको ६८ औ वार्षिकोत्सवमा विभिन्न व्यक्तिहरुलाई सम्मान

Gandaki Kotihome

शिख,। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख माविको ६८ औ वार्षिकोत्सवको अवसरमा बिहिबार विभिन्न व्यक्तित्वहरुलाई नगद सहित सम्मान गरिएको छ ।

स्व.सु.मे. कविराज गर्बुजा पुनको स्मृतिमा स्थापित कोषबाट सो क्षेत्रका कृषक, सञ्चारकर्मी, एसईइ र दश जोड दुई तहमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद १५ हजार रुपैयाँ सहित पुरस्कृत गरिएको हो । स्थानीयबासीलाई २०० थान सिरक पनि वितरण गरिएको छ । कोषले शिखमा हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट काम गर्ने व्यक्तिहरु छनौट गरि पुरस्कृत गर्दै आएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

शिख र आसपासका क्षेत्रका गतिबिधिको प्रचारप्रसारमा योगदान गरेवापत एसई क्रियशनका सञ्चालक पत्रकार गणेश गुरुङ (सुरेन)लाई पनि नगद सहित सम्मान गरिएको थियो । कोषबाट शिख मावि, खिवाङ आधारभूत र मुक्तिमार्ग माविलाई रु. पचास पचास हजार उपलब्ध गराइएको छ । दिलिराज गर्बुजा, उमेश कुमार पुन, दान गर्बुजा पुनले रु. एक करोडको अक्षयकोष स्थापना गर्नुभएको छ । सोको ब्याजबाट पुरस्कृत गरिएको हो ।

आलु उत्पादनतर्फ तल्लोगाउँका कमल पाईजा पुन, उपल्लो गाउँका डिलबहादुर पुर्जा पुन, स्वाँत सोभेत्ताका मोतिबहादुर तिलिजा पुन, घस्केखोरेका औसरा चोचाङ्गी पुन पुरस्कृत हुनुभएको छ । कुखुरापालनमा मासुतर्फ उपल्लो गाउँका दागु पाईजा पुन, अण्डातर्फ तललोगाउँका मनबहादुर नेपाली, सागको विउमा घोप्टेखर्कका लक्ष्मी पाइजा पुन, बास्केटबल खेलाडी खेमराज गर्बुजा पुन, माछापालन गरेका घस्केखोरका अर्जुन चोचाङ्गी पुन, साबुन हारपिक उत्पादन गर्ने तल्लो गाउँकी कल्पना गुरुङ्ग र पुष्पा गर्बुजा पुन, बाख्रापालनतर्फ घस्केखोरका बालकृष्ण पुर्जा पुन पुरस्कृत हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुद्धुजाको अध्यक्षता, उमेश गर्बुजा पुनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, स्व. कविराज गर्बुजा पुनकी बुहारी रुपा गर्बुजा पुन, सगरमाथा आरोही नायीका दिया पुन, दियाकी आमा कलमती गर्बुजा, वडा अध्यक्ष राजेश तिलिजा, अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष डमबहादुर पुन, वडा अध्यक्ष राजेश तिलिजा, शिख माविको व्यवस्थापन समितिका पुर्व अध्यक्ष बागविर पाईजा, प्रअ केदार कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...