शैक्षिक सुधारका लागि जलजला गाउँपालिकाको पहल

Gandaki Kotihome

उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन गर्न लागेको छ ।

धेरै स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन गर्दै आएपनि जलजलाले कक्षा ३, ५, ८ र १० का विद्यार्थीहरुको उपलब्ध मापन गर्न पहिलो पटक परिक्षा सञ्चालन गर्न लागेको हो ।

Upper Myagdi transmition line notice

९ वटा केन्द्र तोकेर बिहिबार एकै पटक एक हजार दुई सय १८ जना विद्यार्थीहरुलाई परिक्षामा सहभागी गराउन लागिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो ।

विद्यालयले लिने आन्तरिक परिक्षा भन्दा यो फरक छ र यसबाट विद्यार्थीको कमजोरी परिचान गरि सुधारका लागि शिक्षक तथा विद्यार्थीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत आचार्यले बताउनुभयो । एउटै प्रश्नपत्रमा तीन घण्टामा पाँच वटा विषयको फरक फरक उत्तर पुस्तिकामा उत्तर लेख्नुपर्नेछ । पालिका बाहिरबाट प्रश्नपत्र बनाएको गाउँपालिकाले जनाएको छ ।

Annapurna aarohan ko notice

बाँसखर्कको ज्योतीमण्डल मावि, मल्लाजको विद्याज्योती मावि, वारीबेनीको न्यु होराइजन आवासीय मावि, लेकफाँटको ग्रामप्रकाश मावि, मालिका आधारभूत विद्यालय, धाइरीङको कृष्णभवन धर्म मावि, नाग्लीवाङको जनकल्याण मावि र बनौको धवलागिरी आधारभूत विद्यालयमा केन्द्र कायम गरिएको छ ।

तल्लो तहका विद्यार्थीहरुको सिकाई उपलब्धीको पहिचान गर्ने, उनिहरुलाई बाहिरको विद्यालयमा हुने केन्द्रमा गएर परिक्षा दिन मानसिक रुपमा तयार बनाउने, शिक्षकहरुलाई पुष्ठपोषणमा सहयोग पुगोस भनेर पालिका स्तरीय परिक्षा सञ्चालन गर्ने कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

लामाखेतमा बुधबार भएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष आचार्यले केन्द्राध्यक्षहरुलाई फरक किसिमले शैक्षि सुधारको प्रयासका लागि सञ्चालन गर्न लागिएको परिक्षालाई प्रभावकारी र उद्देश्यमुलक बनाउन निर्देशन दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले परिक्षालाई मर्यादीत र व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका नारायण मल्ल, नेपाल शिक्षक संघका हरिनारायण रेग्मी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका नारायणदत्त रेग्मीले यो परिक्षाले शिक्षकहरुको मूल्याङ्कन गर्ने वातावरण मिल्ने बताउनुभयो । न्यु होराइजन आवासीय माविका केन्द्राध्यक्ष रघुनाथ आचार्यले पहिलो अभ्यास भएपनि परिक्षालाई सबैसँग समन्वय गरेर सफल बनाउने प्रतिवद्धता जनाउनुभयो ।

यसअघि जलजला गाउँपालिकाले पालिकाका सबै ४७ वटा विद्यालयको अनुगमन गरेको थियो । गाउँपालिकाका पदाधीकारी, शिक्षा शाखाका कर्मचारी र सरोकारवालाहरुको टोलीले कक्षा अवलोकन, अनुगमन, विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुसँग छलफल गरेको थियो । अभिमुखीकरण कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी दामोदर शर्माले गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...